logo
  • शनिबार, साउन ३० २०८३

मालिका कृषि सहकारी संस्थाको अध्यक्षमा पाण्डे


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हेमु पाण्डे “उदासी”, गुल्मी फागुन १ ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १० मा मालिका कृषि सहकारी संस्था लिमिटेड को १० औ साधारणसभा तथा चौथो अधिवेशन एक कार्यक्रमका विच शनिबार सम्पन्न भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० मा रहेको सहकारी संस्था २०५५ सालमा स्थापना भएको हो । कार्यक्रमका सभाअध्यक्ष एवम संस्थापक अध्यक्ष हरिप्रसाद पाण्डेको अध्यक्षतामा ९ जनाको सहकारी संचालक समिति गठन गरिएको संस्थाका कर्जा संयोजक डिल्लीराज पाण्डेले जानकारी दिनुभयो ।

जसमा अध्यक्षमा हरिप्रसाद पाण्डे, उपाध्यक्ष निर बहादुर थापा, सचिब अम्बा अर्याल, कोषाध्यक्ष गोमा पाण्डे, सदस्य डिल्लीराज पाण्डे, लालमणि पाण्डे, नर्मता अर्याल, टोपलाल ज्ञवाली, विमला बस्नेत, र लेखा संयोजक डम्बर बहादुर पाण्डेको समिति निर्माण भएको छ ।

कार्यक्रमका सभाअध्यक्ष एवम संस्थाका अध्यक्ष हरिप्रसाद पाण्डेले संस्थामा रहेर आफुले कृषकसंग सहकार्य गरेर काम गरेको दावी गर्नुभयो । संस्था जहिले पनि कृषकसंग रहेको जनाउदै कृषकलाई आवश्यक पर्ने कर्जा देखी बिउँविजान सम्म सहयोग गरिरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्थाका पूर्व सदस्य, शेयर सदस्य तथा विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थित रहेको थियो । संस्थाका निवर्तमान सचिब डोरराज पन्थीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend