साझा नेटवर्क
कुमार “अविरल” पन्थी , कतार।
कतारमा सक्रिय रहँदै आएको म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी संघ कतारले यहि आउदो मई २७ तारिखका दिन मोना कतारको दोश्रो प्रस्तुति विविध सास्कृतिक कार्यक्रम २०१६ को आयोजना गरेको छ । म्याग्दी जिल्लाको ग्रामिण क्षेत्रमा सन्चारको पहुँच पुराउनका लागि विविधि सास्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजकले साझा नेटवर्कलाई जानकारी दिएको छ ।
बसन्त फिल्मस प्रा.लि. मुख्य प्रायोजक रहेको कार्यक्रममा नेपालका ख्यातीप्राप्त कलाकारहरूको प्रस्तुती रहने भएको छ । कार्यक्रममा चर्चित लोक गायक पुरुषोत्तम गैरे, म्याग्दीकी चर्चित गायिका निशा केसी र गगन पुन यसैगरी कतारमा रहदै आएकी राष्ट्रिय लोक दोहोरी गायिका देविका के.सी. लगायत कतारमा रहेका चर्चित कालकारहरूको बेजोड प्रस्तुतीहरु रहने भएका छन ।
जिल्लाको बहुचर्चित फ्रि वाईफाई पोजेक्टमा आर्थिक संकलन तथा कतारमा रहेका सम्पुर्ण नेपालीहरूको एकतालाई बलियो बनाउन कार्यक्रमको आयोजना गरिएको मोना कतारका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । ‘म्याग्दी जिल्लालाई फ्रि वाईफाई बनाउनु नेपालकै पहिचान हो । यसमा म्याग्देली मात्रै नभई कतारमा रहेका नेपालीहरूको साथ रहनेमा पूर्ण विश्वस्त छु उनले भने ।
सांस्कृतिक कार्यक्रमकमलाई सफल बनाउन बरिष्ठ उपाध्यक्ष किरणजंग शाहीको संयोजकत्व र महासचिव तिलु शर्मा पौडेलको उपसंयोजकत्वमा गठित ७ सदसीय समितिले तिव्र रुपमा कार्यक्रमको तयारी गरिरहेको छ ।
नेपालमै पहिलो पटक म्याग्दी जिल्लाको बेनी नगरपालिका सहित ३५ गाविसमा इन्टरनेटको सुविधा विस्तार गर्ने अभियानमा सहयोग गरी सुचना र प्रविधिमा नेपाललाई विश्वभरी चर्चामा ल्याउने अभियानमा आर्थिक सहयोग गरी साथ दिन सम्पूर्णलाई संयोजक शाहीले अनुरोध गरे ।
इन्टरनेटको विस्तारले शिक्षा, कृषि, स्वास्थ्य, रोजगार सहित जिल्लाको महत्वपुर्ण क्षेत्रलाई समेत उजागर गर्ने भएकाले पनि विश्वभर रहेका म्याग्देलीहरू एकजुट भएर अभियानमा सहभागिता जनाएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend