साझा नेटवर्क
कविता घर्तीमगर, पोखरा भदौ ७ ।
पर्वतको सदरमुकाम कुश्ममा यहि भदौ १८ गते देखि २१ सम्म बृहत तिज महोत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतियठान नेपाल कार्य समिती पर्वत तथा जनकल्याण सामाजिक महिला समुह पर्वतको संयुक्त आयोजनामा उक्त बृहत तिज महोत्सव हुने पत्रकार सम्मेलान मार्फत जानकारी गराइएको हो ।
कला र संस्कृतिलाई जोगाउने तथा लोक दोहोरी गित प्रति आस्था राख्ने र सर्जक संकलक कलाकारहरुको सम्मानका लागी महत्सव गर्न लागेको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतियठान नेपाल कार्य समिती पर्वतका अध्यक्ष दिपक गदालले बताएका छन ।
उनका अनुसार राष्ट्रिय स्तरका कलाकार चन्द्र शर्मा, बद्री पंगेनी, विमलराज क्षेत्री, विष्णु खत्री, शिव हमाल, कृष्ण समिप सुबेदी, बसन्त थापा, प्रल्हाद सुबेदी, याम क्षेत्री, तारानाथ आचार्य, बुद्धीराम शर्मा, रितु थापा, रेणु केसी, चित्र सागर क्षेष्ठ, कृष्ण अखेली, पुर्ण परियार, सिता परियार, लक्ष्मि कार्की लगाएतका कलाकारहरुद्धारा दैनिक सांस्कृतिक कार्यक्रम हुने गर्दछ ।
स्थानिय तथा राष्ट्रिय स्तरका हास्य कलाकारहरुको समेत प्रस्तुति रहने छ । सोही अवसरमै पर्वत जिल्लाका सम्पुर्ण कलाकारहरुलाई आफ्नो कलामा थप हौसला दिनको लागी सम्मान समेत गरिने आयोजकले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend