साझा नेटवर्क
-कमल बञ्जाडे ।
भर्खर -भर्खर एसइइ पास गरेको थिए । एसइइ’मा राम्रो नम्बर नि आएकै थियो । नम्बर देखि सन्तोष पनि थिए, गाउमै ११/१२ पढ्न राम्रा-राम्रा कलेजहरु पनि थिए । तर मलाइ सानैदेखि गाउमै पढेकोले गाउमा भन्दा पनि बजारमा पढन मन लाग्यो । अनि मैले बुबा आमालाइ भने म बजार झरेर पढ्छु ।

बुबा आमाले यहि राम्रै छन पढ्नलाई कलेजहरु किन जानू पर्यो भन्नूभयो । घरमा आर्थिक समस्या पनि थियो । यो हुदा-हुँदै पनि बुबा आमाले भनेको नमानी पढन भन्दै बजारमा झरे । बजार झरी सकेपछी कलेज भर्ना भए । अनि कलेज जान सुरु पनि गरे । दुई चार महिना जागिर नगरीकन पढे मात्रै, घरको समस्या नि मलाइ राम्रोसँग थाहा थियो ।
त्सयपछी जागिर गर्न सुरु गरे, जागिर सुरु गरेको तीन चार महिनामै कोरोना भाइरस चीनमा देखियो रे । विद्यार्थी लिन चीनको बुहान भन्ने सहरमा जहाज उड्यो भन्ने समाचार सुने । अनि त्यो समाचार सुन्दा कता-कता मलाई नि डर लाग्न थाल्यो । कतै नेपालमा पनि कोरोना देखिने हो कि भनेर ।
त्सयको दुई-तीन महिना मै नेपालमा पनि देखियो कोरोना । त्यसपछि एकाएक नेपाल सरकारले लकडाउनको घोषणा गर्यो । लकडाउन भयो भन्नी थाहा पनि भयो । मैले यो सोचे कि लकडाउन भए पनि एक महिना पछी खुल्छ भनेर गाउँ नगै रुममै बसे । त्यो एक महिनापछी लकडाउन पनि खुलेन ।
मलाइ कोठामा बस्न गार्हो हुन थाल्यो । किनकि जागिर गरौ लकडाउन छ घरबाट पठाउन भनु बुबाको काम चलेको छैन । यिनै समस्याले गर्दा जनतन एकजना दाइलाई भनेर घर गए । घर गएको दुई महिनापछी लकडाउन खुल्छ कलेज खुल्छ । जागिरले बोलाउने भयो भनेर मनमा खुसी लाग्यो । तर मैले सोचेको त्यसो भएन, न त कलेज नै खुले न त जागिरले नै बोलायो ।
यस्तै गर्दै भाडाको टेन्सन हुदा-हुँदै पनि दिन कटेकै थियो । एकदीन घरबेटी आन्टिले फोन गरेर बाबू भाडा पठाइदिन्चौ कि भनेर फोन गरेकी थिए भन्नुभयो । जागिर गरेर तिरौ भनी जागिर चलेको छैन । घरबाट ल्याउ भने घरको आर्थिक समस्या त्यस्तै छ । अनि साथीहरुसँग सापट खोजेर बजार झरेर कोठा भाडा बुझाएर सामान लिएर घर फर्के ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend