साझा नेटवर्क
Gold bars
साझा नेटवर्क,काठमाडौं साउन २८ ।
सुनको भाउ एकै दिन भारी मूल्यले घटेको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ ।
एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको गिरावट पहिलो पटक भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । महासंघले तेजाबी सुनको कारोबार प्रतितोला मूल्य ९४ हजार ९ सय तोकेको छ । यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ ।
कोभिड १९ विरुद्धको खोप रसियाले तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएका कारण सुनको मूल्य ओरालो लागेको तथा डलर मजबुत हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको दाबी छ ।
श्रोत-अनलाइन खबर
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend