logo
  • शनिबार, साउन ३० २०८३

सेलिब्रेटी तथा मोडलहरुको रोजाइमा फोटो ग्राफर चन्द


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

540382_4128498376864_126807615_nकाठमाडौँ, श्रावण २६ ।
मान्छेलाइ फोटोमा राम्रो देखाउने वा नदेखाउने भन्ने कुराहरु दक्ष्य फोटोग्राफरको हातमा पनि भर पर्छ । नेपालमा छोटो समयमानै चर्चाको शिखरमा पुग्न सफल भएका फोटोग्राफर हुन तिलक चन्द, सेलिब्रेटी देखि मोडलहरु तथा अन्य सबै फोटोको सौखिन व्यक्तिहरुको रोजाइमा पर्दै गएका फोटोग्राफर तिलक चन्द एक कुशल र प्रतिभावान फोटोग्राफर हुन ।

मलेसियामा करिब चार बर्ष फोटोग्राफी काम गरेर ख्याति कमाईसकेका तिलकले अहिले नेपालमा आफ्नो कमाल देखाउदैछन । सानै उमेर देखि विभिन्न खालका फोटोहरु खिच्न रुचि राख्ने तिलकले फोटोग्राफी भने मलेसिया गएर सिकेका हुन, उनि फोटो मात्र खिच्ने होइनन फोटो सम्पादनमा पनि त्यतिकै पोख्त छन । उनि भन्छन फोटोलाइ राम्रो बनाउन लाइट, दिमाग, लोकेशन र क्रियटिभिटिले धेरै असर गर्छ, सबै कुरा को समिश्रण भयो र इडिटिङ्गमा ध्यान दियो भने आफुले भने जस्तो फोटो उतार्न सकिन्छ तर आफ्नो काम प्रति लगाब हुनु पर्छ ।

उनको बुझाइ भनेको ग्ल्यामर भनेको सुन्दरता, हेराइ र आफ्नो प्रस्तुतिमा हुन्छ । जस्तो सुकै परिस्थितिमा पनि फोटो लिन सक्ने खुबी भएका तिलक चन्द अहिले मोडल र सेलिब्रेटी हरुको फोटोशुट गर्नमा ब्यस्त छन त्यस्तै गरि काठमाडौँमा हुने फेशन सो देखि लिएर हरेक कार्यक्रममा उनको माग बड्दैछ । अन्तराष्ट्रिय स्तरको फोटोग्राफी नेपालमा नै उपलब्ध गराउन सक्ने खुबी भएका फोटोग्राफर तिलक चन्दले अहिले को ठाउ सम्म धेरै मेहनत गरेको बताउछन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend