logo
  • शनिबार, साउन ३० २०८३

जिम्बावेका राष्ट्रपतिद्वारा अनिश्चितकालका लागि लकडाउन घोषणा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, जेठ ४ ।
जिम्बावेका राष्ट्रपति एमर्सन मनांगाग्वाले कोरोनाभाइरस नियन्त्रण गर्न अनिश्चित कालको लागि लकडाउन घोषणा गरेका छन् । हरेक दुई हप्ताका लागि लकडाउन लम्ब्याउँदै गरिएकोमा शुक्रबार भिडिओ सन्देश मार्फत राष्ट्रपति एमर्सनले देशव्यापी रुपमा अनिश्चितकालिन लकडाउन घोषणा गरेका हुन् ।

राष्ट्रपति एमर्सनले संक्रमण अनिश्चित कालसम्म रहनसक्ने भन्दै लकडाउन पनि सोही अनुरुप घोषणा गरेका हुन् । देशलाई रणनीतिक योजना बनाउनका लागि यस्तो निर्णय गरिएको उनको भनाइ छ । यससँगै लाखौँ जिम्बावेका नागरिकहरुले जीवीका चलाउँदैआएको सडकछेउका बजार पनि बन्द गर्न राष्ट्रपतिले निर्देशन दिएका छन् । तर निर्माण कम्पनी, बैंक, सुपरमार्केट लगायत ठूला व्यवसायलाई निश्चित समय दिँदै सञ्चालनको अनुमति दिइएको छ ।

 जिम्बावेमा मार्च ३० देखि देशव्यापी रुपमा लकडाउन लगाइएको थियो । जहाँ ४४ जना कोरोना संक्रमति छन् । साथै चारजनाको मृत्यु भइसकेको छ । चिकित्सक तथा विज्ञहरुले भने जिम्बावेमा न्युन गुणस्तरीय स्वास्थ्य सेवाका कारण कोरोनाभाइरसको महामारी विरुद्ध लड्न कठिन हुने चेतावनी दिँदैआएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend