logo
  • शनिबार, साउन ३० २०८३

भारतिय हस्तक्षेपको बिरोधमा नेपाली एकता समाजको प्रेस वक्तव्य


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

राम प्रसाद पराजुली, कतार ।
भारतीय हस्तक्षेपको विरोधमा कतार नेपाली एकता समाजले प्रेस वक्तव्य द्वार बिरोध गरेको छ । भारतले लिपुलेकमा सडक निर्माण, कालापानी लगाएत नेपालको सार्वभौमिकतामाथि आँच पुर्याएउने खालको गतिबिधी गरेको भन्न्दै यस्तो धारणा सार्वजनिक गरेको हो ।

हिजो २०७७ बैशाख ३० गते मंगलबारका दिन जारी प्रेस वक्तव्य मार्फत एकता समाजले हरेक समय समयमा भारतको यस्तो हर्कतले नेपाली हरुलाई नै तर्सित बनाउदै आएको का.वा.अध्यक्ष विष्णु थापा क्षेत्रीको हस्ताक्षरमा जारी प्रेस वक्तव्य मार्फत जानाकारी गराउनु भयोको छ । भारतको यस्तो हस्तक्षेपको विरुद्ध सामाजिक तथा राजनितिक देशभक्त नेपालीहरूको शान्तिपुण आन्दोलन उठिरहेका बेला त्यसप्रति पनि एकता समाजले ऐक्यबद्धता प्रकट गरेको छ ।

भारतीय अतिक्रमणको विरोधमा गरिरहेका प्रदर्शनकारीलाई गिरफ्तार गरेर सरकारले भारतपरस्त चरित्र प्रदर्शन गरेको आरोप पनि कतार नेपाली एकता समाजले वक्तव्य मार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend