साझा नेटवर्क
सुर्य चन्द, काठमाडौँ श्रावण २२ ।
नेपालको फेशन संसारको दुनियामा सधै अग्रणी अनि चिर परिचित नाम हो तृष्णा गुरुङ । बिगत सात बर्ष देखि फेशन डिजाइनर तथा इभेन्ट अर्गानाइजरको रुपमा काम गर्दै आएकी तृष्णा चर्चित फेशन डिजाइनर तथा सबैको रोजाइमा पर्न सफल भएकी एक क्रियटिभ डिजाइनर हुन । नवलपरासी कावासोती स्थायी घर भएकी गुरुङ काठमाडौँ सामाखुसीमा बस्दै अहिले पानी पोखरीस्थित मृगतृष्णा नामक बुटिक सञ्चालन गर्दै आएकी छिन । बागबजार स्थित आइइसी फेशन हाउसबाट फेसन डिजाइन कोर्समा डिप्लोमा गरेकी तृष्णा अहिले युवा पुस्ताको सर्बाधिक रोजाइमा परेकी फेशन डिजाइनर हुन् ।
नेपालमा मात्र नभएर नेपाल बाहिर अमेरिका, इजराइल, हंगकंग, सिंगापुर,युके,थाइल्याण्ड, इन्डिया, फिलिपिन्स र यूरोपमा समेत अहिले उनको माग बढ्दो छ । अहिले सम्म दुइ दर्जन भन्दा बढी सफल फेशन सो हरुको आयोजना गरि सकेकी फेशन डिजाइनर तृष्णा गुरुङले फेशन सो संगै मिस गुरुङ इन्टरनेशनल, डिजाइन अफ द इयर, ग्याल्म स्टार लगायतको इभेन्टहरु पनि आयोजना गर्दै आएकी छिन । नेपाली चलचित्र, म्युजिक भिडियो, सेलिब्रेटी, ब्यबसायी, गृहणी तथा फेशनमा रमाउन चाहने सबैको रोजाइमा परेकी तृष्णा प्राय जसो सधै ब्यस्त रहन्छिन ।
२०१३ उत्कृष्ट डिजाइनरको अवार्ड समेत जित्न सफल तृष्णा आफैमा एक सफल डिजाइनर हुन । आफ्नो काम संग संगै समाजसेवामा समेत आफुलाइ अगाडी बढाउदै गरेकी तृष्णाले भुकम्प पिडित देखि लिएर विभिन्न अनाथ आश्रम सम्म आफै गएर सहयोग समेत गरेकी छिन । सरल शालीन तथा सधै हासेर बोल्ने स्वभाब भएकी तृष्णा हेर्दा पनि आफैमा आकर्षक व्यक्तित्वको धनि छिन ।
सधै ब्यस्त रहने तृष्णा एक प्रश्नमा हास्दै भन्छिन व्यस्तताले गर्दा तृष्णाको प्यास मेटाउने राजकुमार नै भेटेको छैन , उनि थप्छिन क्यारियर बनाउन तर्फ लागे अन्य कुरा सोच्ने फुर्सदनै भएन । आफुलाइ फेसनको दुनियामा सधै अग्रणी तथा कुशल डिजाइनरको रुपमा स्थापित गराउन सफल तृष्णा भन्छिन जहा मेहनत र परिश्रम छ त्यहि सफलता पनि छ, आफुले पनि त्यहि मेहनत परिश्रम र राम्रो कामको कारणले गर्दानै सबैको माया पाउन र मन जित्न सफल भएको कुरा उनि बताउछिन ।
विमानचालक बनाउने आमा शुभद्राको इच्छा भए पनि तृष्णा फेसन डिजाइनिङलाई नै मुख्य पेसा बनाइन् । उनले भनिन घर परिवार र ममीको इच्छा भनेको पाइलट बनाउने हो तर म फेशन डिजाइनर बनेँ । सबै कुरा सोचे जस्तो हुन्न, आफुले रोजेको बाटोमा अनि काममा सफल हुन पाउदा उनि अहिले खुसि पनि छिन र घर परिवार ममी लगायत सबै खुसि नै छन अनि सबैको आशिर्बाद, माया साथ र सहयोगले गर्दा नै आफुलाई तृष्णा भनेर चिनाउन सफल भएकोमा उनि दङ्ग छिन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend