साझा नेटवर्क
सुर्य चन्द, काठमाडौँ श्रावण ६।
गायक गम्बु शेर्पाको सांगीतिक यात्रा एसिया मध्यपूर्व हुदै अहिले यूरोप पुगेको छ । दुबई, साइप्रस, इजराइल हुदै अहिले उनि बेल्जियम पुगेका छन ।गम्बुको सांगीतिक यात्रा साच्चिकै सफल बन्दै गएको र यूरोपमा आफ्नो फ्यानहरुले आफुलाई धेरै माया गरेको र किसको समेत बर्षा भएको उनि हास्दै बताउछन । दर्शक श्रोताहरुको बिचमा बसेर गित गाउदा र उनिहरुको माया पाउदा आनन्दित महसुस भएको र नेपालीहरुको गित संगीत प्रतिको मोह अनि लगाबले गर्दानै नेपाली संगीत माथि बढ्दै गएकोमा उनि खुसि पनि छन ।
गायक गम्बु शेर्पा आफैमा एक चर्चित गायक तथा समाजसेवी पनि हुन, लामो समय देखि सांगीतिक फाटमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक गम्बु अहिले शिक्षाको लागि संगीत नाम दिएर एसिया देखि मध्यपूर्व हुदै युरोप अमेरिका सम्म धेरै मुलुकहरुको लागि डेढ महिना लामो सांगीतिक यात्रामा निस्केका हुन् । दुबई बाट सुरु गरेका उनको सांगीतिक यात्रा दुबई, इजराइल, साइप्रस, हुदै बेल्जियम पुगेको छ भने त्यस पछि इटाली लन्डन हुदै अमेरिकामा समाप्त हुने भएको जानकारी गायक गम्बु बताउछन ।

ओखलढुङ्गा जिल्लामा जन्मेका गायक तथा समाजसेवी गम्बु शेर्पा बिगत १५ बर्ष देखि अमेरिकामा बस्दै आएका छन भने उनि फुड क्लोथ एजुकेशन डट ओ.आर.जी, थ्री जी साउण्ड इन्कका प्रेसिडेन्ट साथै नेपाल अमेरिकन आर्टिस्ट एसोसियसनका पूर्व प्रेसिडेन्ट सम्म रहेका छन । बिगत १५ बर्ष देखि गायन अंगाल्दै आएका गम्बु शेर्पा एक राम्रो मनकारी बरिष्ट समाजसेवीमा अमेरिका तथा नेपालमा समेत चिर परिचित व्यक्ति हुन ।
उनले बिगत देखि अहिले सम्म दिन दुखि पिडित अनाथ अपाङ्गलाइ मात्र नभएर कलाकारहरुलाइ पनि सहयोग गर्दै आएका छन भने उनले आफ्नो कमाईको केहि प्रतिशत समाजसेवाको लागि भनेर समेत छुट्टयाउने गरेका छन र उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि धेरै लगानी गर्दै आएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend