logo
  • शनिबार, साउन ३० २०८३

तीज मनाउन खुमन, जमुना र बिना दुबईमा आउने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

लालबहादुर ढेंगा, दुबई श्रावण ६।
यसपालिको महिलाहरुको महान चाड हरितालिका तीज मनाउन नेपालबाट चर्चित लोक गायक खुमन अधिकारी, लोक गायिका जमुना सनम र मोडल तथा नृत्यगना बिना थापा दुबईमा आउने भएको छ । आगामी २६ अगस्तका दिन दुबईको इम्पिरियल सुईट होटलमा हुन गइरहेको “तीज धमाका २०७३” सांस्कृतिक कार्यक्रमका लागि नेपाली कलाकार समुहको निमन्त्रणामा आउने भएको हो ।
teej uae
उक्त तीज धमाका कार्यक्रममा नेपालबाट आउने अतिथि कलाकार खुमन अधिकारी, जमुना सनम र बिना थापाका साथ ख्यातिप्राप्त स्थानीय कलाकारहरुको बिशेष प्रस्तुति रहने छ । यस तीजको कार्यक्रमका लागि खासगरी दिदीबहिनीहरु निकै उत्सुक्तामा देखिन्छन् । युएईमा आयोजना गरिने अन्य कार्यक्रमहरुको तुलनामा तीजको कार्यक्रम भने निकै महत्व र सफल पनि हुने गरेका छन् । वैदेशिक रोजगारीमा रहेका चेलीबेटीहरुले माईतीको सम्झना मज्जाले नाचेर मिताउने भएको छ ।

सांगीतिक भ्रमणको क्रममा खुमन अधिकारी दुबईको लागि नौलो होइन । उहां फेरि तेस्रो पटक आउंदै हुनुहुन्छ । लोक गायिका जमुना सनम र मोडल तथा नृत्यगना बिना थापा भने दुबईको शहरमा पहिलो पटक आउने भएको हो । स्थानीय दर्शकहरुलाई नौलो चेहरा हेर्नलाई आतुर भएको आभास लाग्दछ । नेपालबाट आउने कलाकारहरुले पनि दुबईमा आएर बारुली कम्मर भाच्ने समेत बाचा गरेका छन् । अब हेरौ कतिका कम्मर भाचिने हो, यो त समयले पक्कै बताउने छ ।

सन् २०१५ मा रतन थापाको सक्रियता तथा रामप्रसाद ढकालको अध्यक्षतामा स्थापना भएको नेपाली कलाकार समुहले यएईस्थित छरिएर रहेका कलाकारहरुलाई एकजुट गराउंदै विभिन्न सांगीतिक कार्यक्रमहरु पस्कदै आएको छ । कार्यक्रमलाई व्यवस्थित ढंगले रोचक र मनोंरञ्जनात्मक बनाउनका लागि आयोजक समिति सशंक्त रुपमा लागि परेको अध्यक्ष ढकालले जानकारी दिनु भएको छ । यसै समाचारको आधारमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई चुल्हे निम्तो गर्दै उपस्थितिका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend