साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी श्रावण ६ ।
लोक संगीतको भीडमा फेरी एक नब जोडीको प्रवेश भएको छ । नव प्रतिभा गुल्मेली चेली बिष्णु खत्री (अंकिता) र म्याग्देली ठिटो बल बहादुर परियारको नयाँ लोक दोहोरी गीत बजारमा आएको छ । उनीहरुले संयुक्त रुपमा ‘पीपलु छायाँमा आउन माया बसम’ नयाँ लोक दोहोरी गीत बजारमा ल्याएका हुन् ।
गुल्मीको पौदी अमराई कोट मैदान घर भई हाल कतारमा रहेकी बिष्णु खत्री (अंकिता) र म्याग्दी पुलाचौरका बल बहादुर परियारले गीतमा स्वर दिएका छन् । भने शब्द लय बल बहादुर परियारको रहेको छ । गीतलाई म्याग्देली डिजिट एण्ड मल्टि मिडियो सेन्टरले बजार व्यावस्थापन गरेको छ ।
म्यूजिक भिडियोमा निर्देशन प्रकाश बराइलीले गरेका छन् । गीतको भिडियोमा निर्देशक प्रकाश बराइली र सिर्जु अधिकारीले अभिनय गरेका छन् । बिरेन्द्र भाट विपिनले भिडियो छायाँकंन गरेका हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend