logo
  • शनिबार, साउन ३० २०८३

गुगलले स्मार्टफोनको कारखाना चीनबाट भियतनाम सार्ने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

एजेन्सी ।
गुगलले आफ्नो पिक्सेल स्मार्टफोनको उत्पादन कारखाना चीनबाट भियतनाम सार्ने भएको छ । दक्षिणपूर्वी एसियामा सस्तो मूल्य श्रृंखला निर्माणका लागि गुगलले भियतनामा कारखाना स्थापना गर्ने निर्णय गरेको हो । यही वर्षबाटै कारखाना सार्ने कार्यको सुरुवात हुनेछ ।

पछिल्लो समयमा अमेरिका र चीनबीचको व्यापार युद्धका कारण करलगायतका खर्चमा भएको वृद्धिका साथै चीनमा श्रमिकको ज्यालामा बढोत्तरीका कारण गुगलले यस्तो निर्णय गर्नु परेको बताइएको छ ।

गुगलले पिक्सेल फोन मात्र नभई स्मार्ट स्पिकर गुगल होमको उत्पादन पनि चीनबाट बाहिर सार्ने योजना बनाएको छ । सबैभन्दा पहिले यो वर्षको अन्त्यसम्ममा पिक्सेल थ्री ए फोनको उत्पादन चीनबाट भियतनाम सारिनेछ ।

गुगलले यो वर्ष ८० लाख देखि १ करोडको संख्यामा पिक्सेल स्मार्टफोन बिक्री गर्ने योजना बनाएको छ । जुन अघिल्लो वर्षभन्दा दोब्बर हो । गुगलको स्मार्ट स्पिकरको उत्पादनमध्ये केही चीनबाट थाइल्याण्डमा सार्ने गुगलको योजना छ ।

यद्यपि, कम्पनीको नयाँ प्रोडक्ट विकास तथा हार्डवेयरको सुरुवाती उत्पादन भने चीनमै हुनेछ । यद्यपि, गुगलले यसबारेमा अहिलेसम्म आधिकारिक रूपमा केही पनि बताएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend