logo
  • शनिबार, साउन ३० २०८३

तिज विशेष कार्यक्रमका लागि कलाकारहरु कतार आइपुगे


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, कतार ।
दाङ देउखुरी सेवा समाज दोहा कतारले महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर छात्रवृतिकोष सहयोगार्थ आयोजना गरेको तिज विशेष कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएसंगै नेपालदेखि आमन्त्रित कलाकारहरु कतार आईपुगेका छन ।

लोक तथा दोहिरी गायिका मिना बुढाथोकी, हास्य कलाकार हरी प्रसाद दुलाल, डान्सर द्वय रजिना महर्जन र मिना लामा बुधबार बिहान कतार आएका हुन भने कार्यक्रमको सिलसिलामा देश बाहिर रहेकी लोक तथा दोहोरी गायिका भूमिका गिरी पनि बुधबार नै कतार आइपुगेकी हुन् ।

कार्यक्रम जिल्लामा रहेका गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृतिकोष सहयोगार्थ आयोजना गर्न लागिएको हो । कार्यक्रम आगामी ३० अगष्त २०१९ शुक्रबारको दिन कतारको सनैया स्थित डल्ला ड्राभिङ्ग एकेडेमीको हलमा सम्पन्न हुदैछ ।

कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारहरुको साथमा समाजको साँस्कृतिक विभागका कलाकार एवम् कतारमा रहेका दङ्गाली तथा गैर दङ्गाली कलाकारहरुको प्रस्तुति रहने छ । कार्यक्रममा महिलाहरुलाई प्रवेश नि:शुल्क रहेको छ भने पुरुषहरुलाई प्रवेशका लागि कतारी रीयाल ३५ को टिकट र भिआईपीका लागि करी १०० रहेको छ ।

रोजगारीको सिलसिलामा कतारमा रहनु हुने दाङ जिल्ला बासी तथा गैर दङ्गाली, समाजसेवी, बुद्धिजीवी, पत्रकार कलाप्रेमी सम्पूर्णलाई कार्यक्रममा उपस्थित भइदिन समाजले अनुरोध गरेको छ ।


प्रकाशित मिति : ११ भदौ २०७६ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend