logo
  • शनिबार, साउन ३० २०८३

प्रदेश ५ मा ईदको अवसरमा सोमबार सार्वजनिक विदा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क,बुटवल साउन २६।

प्रदेश ५ सरकारले मुस्लिम समुदायको प्रमुख चाड बकर इदका दिन सार्वजनिक विदा दिने भएको छ । बकर इद भोली सोमबार परेको छ । बकर इद विदासम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ । संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदसहित माघी र माघे संक्रान्तिमा (दुई दिन) तथा प्रदेश स्थापना दिवसमा फागुन ३ गते पनि सार्वजनिक विदा दिने निर्णय छ ।यसबाहेक स्थानीय तहको निर्णयबाट एक दिन र भूमे पूजा, बड्का अटवारी पर्व, रमजान लगायतमा निश्चित समुदायलाई मात्रै विदाको व्यवस्था गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend