साझा नेटवर्क
सुर्य चन्द, काठमाडौँ श्रावण ३।
लगातारको मेहनत र परिश्रम पछिनै सफलताको शिखर चुम्न सकिन्छ र जसका लागि धैर्य चाहिन्छ, साधनाचाहिन्छ भन्ने यसैका उदारण हुन अहिलेका चल्तीका गायक ध्रुब बिस्को ।
साङ्गीतिक क्षेत्रमा लागेर चर्चाको शिखरमा पाइला चुम्दैगरेका गायक ध्रुबलाइ अहिलेको ठाउ सम्म आइ पुग्न भने धेरै महेनत गर्नु परेको छ । कैलालीको टीकापुरमा जन्मेका गायक ध्रुब २०६६ मा सुदुर पश्चिम आइडल भए पछि ब्यबसायिक रुपमा साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका हुन । करिब तिन बर्ष देखि साङ्गीतिकक्षेत्रमा प्रवेश गरेर चर्चाको शिखर चुम्दै गरेका गायक ध्रुब बिस्को जस्तो सुकै गित पनि गाउन सक्ने क्षमता भएका भर्सलटाइल गायकहुन ।
पछिल्लो समय हरेक संगीतकार तथा गीतकारको रोजाइमा पर्दै गएका गायक ध्रुबले आफ्नै २ वटा एल्बम समेत नेपालीसांगीतिक बजारमा पस्किसकेका छ । चलचित्रका पार्श्व गायनहरुमा ब्यस्त रहदै आएका भर्सलटाइल गायक कलेक्सन एल्बममा पनित्यतिकै ब्यस्त रहदै आएका छन । मेला महोत्सब देखि देश विदेशको स्टेज कार्यक्रममा समेत सधै ब्यस्त रहने गायक ध्रुबले चाडै नैआफ्नो गीति एल्बम प्रियसी -२ दर्शक श्रोता बीच लिएर आउदै छन जसको टाइटल गित बेबी बेबीको म्युजिक भिडियो पनि चाडै बन्नलागेको कुरा गायक ध्रुब बिस्को बताउछन ।
उक्त म्युजिक भिडियोमा गायक आफै अनि मोडल रजिया खान र शिशिर परियारकोअभिनय गर्ने भएका छन । उनले स्वदेशमा मात्र नभएर बिदेशमा समेत मनोरंजन दिदै विभिन्न स्टेज कार्यक्रममा उपस्थित भिडलाईनचाउन सफल भएका छन । सानै उमेर देखि गित संगीत प्रतिको लगान मोहले गर्दानै साङ्गीतिक क्षेत्रमा मेहनत र परिश्रम गर्दै चर्चाकमाउन सफल गायक ध्रुब बिस्को जादुमय आवाजका धनि छन, दर्जनौ गीतहरुमा आफ्नो आवाज भरिसकेका ध्रुब मिलनसार सरलर हसिलो स्वभाबका पनि छन ।
नेपाली सुगम गित संगीतमा छुट्टै पहिचान बनाएर अगाडी बढ्दै गरेका गायक ध्रुब भन्छन गितसंगीत मेरो नशा नशामा छ । संगीतलाई माया गर्ने हरेक नपालीहरुको रोजाइमा पर्दै गएका युवा गायक ध्रुब बिस्को थप्छन सबैनेपाली हरुको साथ र माया पाएको कारणले गर्दानै आफु यस क्षेत्रमा स्थापित हुन सकेको र सधै दर्शक श्रोताको माया साथ पाईरहनेकुरामा बिस्वस्त पनि छन l
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend