logo
  • शनिबार, साउन ३० २०८३

तिजका गितमा समाज परिर्वतनका कुरा गर्दै गायक शर्मा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी श्रावण २।
लोक दोहोरी क्षेत्रमा निकै चर्चाको शिखरमा रहेका लोक तथा दोहोरी गायक तथा गितकार पशुपति शर्माले यस वर्षको तिजमा एक दर्जन भन्दा वढी तिज गित सृजना भएको बताएका छन् । महिलाहरुको महान पर्व करितालिका तिज पर्वलाई मध्यनजर राखेर एक दर्जन तिजका गितहरु बजारमा आउँने बताएका छन् । बिभिन्न गायिकाहरु संगको सहकार्यमा आफ्नै लय शब्दमा उक्त गितहरु बजारमा आउँने शर्माले बताए ।Interview-of-Pasupati-Sharma

महिलाहरुको महान पर्व तिजलाई मध्यनजर राखेर बजारमा आउँने गितहरुमा कतिपय समाजमा सन्देस दिने खालका, कतिपय समाजमा व्यग्यात्मक तरिकाबाट सन्देस दिनेखालका र केहि मनोरजनात्मक तिजका गितहरु बजारमा आउने शर्माले बताए । यो वर्ष बजारमा आउने तिजका गितहरुमा कोमल वली देखी नयाँ गायीका हरु संग समेत उनका गीत हरु सुन्न सकीनेछ । यो वर्ष आफनै लय शब्द सुजनामा १३ वटा तिज गित बजारमा आउने उनले बताए ।

शर्माका अनुसार केहि गितहरु आइसकेको र के आउने तयारीमा रहेको बताए । कोमल वली, पार्वती जिसी, जानकी तारमी मगर, शान्ति श्री परियार, सम्झना भण्डारी, अमृता लुंगेली मगर, शिलु भट्टराई, बेलीमाया गोर्खाली, अनीता चलाउने, कल्पना श्रीपाल, जमुना सनम, गीता भट्टराई, चोलेन्द्र पौडेल र तुलसी जीसी लगायत कलाकार हरुले पशुपती शर्मा संग सहकार्य रहेको बताए । स्वास्थ्यका कारण डक्टरहरुको सल्लाह अनुसार केहि समय गित नगाउन सल्लाह आएपनि उनले तिज पर्वमा राम्रा र थोरै गितहरु मात्र सृजना गरेर गाएको बताए ।

दर्सक श्रोताको अपार मायाँले गर्दा स्वास्थ्यमा समस्या आउँदा पनि यत्तिकै बस्न नसकेको गायक शर्माले बताए । शर्माका अनुसार आफुले सामाजिक यथार्थता, समस्या र समाधान सहितका गित बनाएको बताए । हाल आएर तिजको गितमा मौलिकता हराएको पप र रक जस्तै तिज गित बनाउन खोजेको भन्दै दुखिद भएको बताए । बावु आमा छोरा छोरी सगै बसेर तिज गित हेर्न नसक्ने बनाएको भन्दै केहि कलाकारको कारण संगित क्षेत्र बदनियत भएको शर्माले बताए । उनले देसमा एक वर्ष सम्म घटेका केहि महत्व पूर्ण घटनाहरुलाई पनि आफना गितमा समाबेश गरेको बताए । तिज गित मार्फत समाजमा सन्देस र केहि फरक पन दिलाउने आफनो प्रयास रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend