logo
  • शनिबार, साउन ३० २०८३

कृषि र पर्यटनमार्फत गाउँपालिकालाई आत्मनिर्भर बनाउछौँ


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, गुल्मी जेठ ०७।
गुल्मीका १२ स्थानीय तहहरुमध्ये धुर्काेट गाउँपालिका पनि एक हो। जनतालाई छिटो–छरिदो सेवा दिने तथा नमुना धुर्कोट गाउँपालिका बनाउने उदेश्यले गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारी खटिएका छन्। धुर्कोट कोट, विचित्र गुफा लगायतका पर्यटकिय स्थल रहेको धुर्कोट मासुमा आत्मनिर्भर बन्नुका साथै कृषिमा पनि आत्मनिर्भर बन्दै छ ।
जनतालाई घरदैलोमै सेवा दिने उदेश्यले संघियता कार्यान्वयसँगै गठन गरिएको धुर्कोट गाउँपालिकाले हालसम्म के–के काम ग¥र्यो ? आगामी योजना के छन् ? लगायतका बिषयमा गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलसँग राजधानी संवाददाता हुमाकान्त पोखरेलले गरेको कुराकानी गर्नुभएको छ। प्रस्तुत छ, सोहि कुराकानीको सम्पादित अशं

१. गाउँपालिको अहिलेसम्म गरेका मुख्य पाचँ काम बताइदिनुस् न ।

हामि जनप्रतिनिधिमा निर्वाचित भएपछि थुप्रै विकासका कामहरु गरेका छौ । ग्रामिण भेगमा अधिकाशंका खरका छाना थिए । त्यसले बर्षायाममा पानी चुहिने र हिउँदमा अगालागि हुने डर हुन्थ्यो। त्यसलाई न्यूनिकरणको लागि हामिले पदभार ग्रहण गरेकै दिन गाउँकार्यपालिकाको पहिलो बैठकबाट गाउँपालिकामा खरका छाना विस्थापन गर्ने निर्णय ग¥र्यौ । यस अभियानअन्तरगत वडा न. २ पिपलधारा खरका छाना मुक्त वडा घोषणा भइसकेको छ। भने अन्य वडामा पनि खरका छाना विस्थापन गरी जस्ता पाता लगाउने कार्य जारी छ ।

खरका छाना विस्थापन गरी जस्ता पाता निशुल्क प्रदान गर्ने अभियान नेपालमा नै सबैभन्दा पहिलो पटक हामिले सुरुवात गरेका हौ । अहिले देशव्यापी रुपमा यो अभियान संचालनमा छ । खुसि लागेको छ । यसबाट विपन्न नागरिकको लागि सुरक्षित आवासको व्यवस्थापन गरिएको छ। नागरिकको स्वच्छ पिउने पानीको अधिकारलाई सुनिश्चित गर्नको लागि अहिलेसम्म कुल नौ सय ९३ घरमा ‘एक घर एक धारा’ पु¥र्याइएको छ। हाम्रो कार्यकालअवधिभर सबै घरमा धारा पु¥र्याउने लक्ष्य छ। गाउँपालिकाको केन्द्रको लागि जग्गा लिई भवन निर्माण गरेका छौ।

अब छिट्टै नयाँ भवनमा सर्दैछौ। भने गाउँपालिकामा सभाहल निर्माण गरेका छौ ।.कृषि र पशु क्षेत्रमा व्यवसायिकरण गरि उत्पादनमा वृद्धि गरिएको छ। त्यस्तै किसानलाई उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिएको छ। यसबाट उत्पादन/ प्रतिफल नहुँदै बजेट खर्च हुने व्यवस्थाको अन्य भएको छ। भने गाउँपालिका मासु उत्पादनमा आत्मनिर्भर भएको छ। कक्षा एक देखि पाचँ सम्म स्थानीय पाठ्यक्रम बनाई गरिएको छ । सबै बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने उदेश्यले अभिभावक विहिन बालबालिकाहरुका लागि छात्रावासको व्यवस्था गरिएको छ ।

२. गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि आफुले गरेको कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

म पुर्ण रुपमा सन्तुष्ट छु। किनभने कर्मचारी अभाव तथा भौतिक संरचनाको अभाव हुदाहुँदै पनि निर्वाचनको बेला सोचेको भन्दा पनि बढि काम गर्न सफल भएका छौ ।

३. स्थानीय सरकार संचालनको मुख्य समस्या के रहेछ ?

संघिय र प्रदेश सरकारले कानुन बनाउन ढिलाई गरेकोले काम गर्न असजिलो भएको छ । कर्मचारी अभावको कारणले समयमा काम हुन सकेको छैन । आवश्यक भौतिक संरचनाको अभावले दैनिक कामकाज गर्न कठिनाई भएको छ ।

४. नमुना धुर्कोट बनाउने अभियानमा लाग्नुभएको छ । यसका आधारहरु के के छन् ?

नमुना धुर्कोट बनाउनको लागि आर्थिक, सामाजिक र भौतिक विकासलाई सँगसँगै विकास गरेर उत्पादन बढाइ रोजगारी श्रृजना गरि गरिवी न्यूनिकरण गर्नुपर्छ । गाउँपालिकाको केन्द्रमा भौतिक पूर्वाधारको तिव्र विकास गरिरहेका छौं । गाउँपालिका भित्रका विकास निर्माणका कामलाई अधि बढाइएको छ । पाँच वर्षे आवधिक योजना निर्माण गरि विकासको गतिलाई तिव्रता दिइएको छ । यी र यस्तै कामहरुले नमुना धुर्कोट गाउँपालिका बन्नेछ भन्नेमा म विश्वस्त छु ।

५. गाउँपालिकालाई कसरी आत्मनिर्भर बनाउने सोच गर्नुभएको छ ?

व्यवसायिक कृषि र पशुपालन गरि उत्पादनमा वृद्धि गर्ने योजना गाउँपालिकाको छ। उत्पादन वृद्धिका लागि सिंचाई प्रविधि, विउपल, तालिम, पशु विमा लगाएतका कार्यक्रमहरु संचालन गरि युवाहरुको आर्कषण बढाउने छौ । गाउँपालिकाभित्र विचित्र गुफा, धुर्कोट कोट, कुमारी देवी मन्दिर लगायतका थुप्रै धार्मिक तथा पर्यटकिय स्थलहरु छन्। त्यसका साथै हाडहाडेमा होमस्टे पनि संचालन गर्दैछौ । यीनिहरुको प्रचार प्रसार गरि आन्तरिक र बाह्य पर्यटक भित्राई गाउँपालिकालाई आत्मनिर्भर बनाउने योजना लिएका छौ। त्यसका साथै गाउँपालिकाले विभिन्न सिपमुलक तालिमहरु संचालन गरि स्वावलम्वि र आत्मनिर्भर गराउने, सहुलियतपूर्ण कर्जा प्रविधिमा अनुदान दिने लगायतका कार्यक्रम गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउनेछौ । त्यसकारण कृषि र पर्यटनमार्फत गाउँपालिकालाई आत्मनिर्भर बनाउछौँ ।

६. गाउँपालिकामा पर्याप्त मात्रामा कर्मचारी छन् कि छैनन ? यदि छैनन् भने दैनिक कामकाजमा कस्तो समस्या परेको छ ?

दरवन्दी अनुसार कर्मचारी छैनन्। भएका कर्मचारीलाई व्यवस्थित तरिकाले परिचालन गरेका छौँ । नागरिककले छिटो छरितो सेवा खोज्छन् । त्यो पुरा गर्ने कर्मचारीले हो। तर आवश्यक कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या परेको छ ।

७. केन्द्र सरकारको सहयोग कस्तो छ ?

केन्द्र सरकारले साझा अधिकारका सुचिको कानुनहरु निर्माण गरेको छैन् । जसले गर्दा दैनिक कामकाजमा समस्या परेको छ ।

९. जनप्रतिनिधीहरु ठेक्कापट्टामै संग्लग्न भए भन्ने गुनासो छ नि ।

जनताले हामिलाई विश्वास गरी मत दिएर जिताएका छन्। जनताका चाहाना र आकांक्षाहरु धेरै छन् । तर पुर्ति गर्ने बजेट सिमित छ। अर्को कुरा यो संघिय नेपालपछिको हामि पहिलो पटक निर्वाचित भएका जनप्रतिनिधि हौँ । हामिले यसपालि राम्रा काम गर्न सकेनौँ जनताको नजरमा राम्रो बन्न सक्दैनौँ । त्यसैले धुर्कोट गाउँपालिकामा कुनै पनि जनप्रतिनिधि ठेक्कापट्टामा संलग्न छैनन् ।

१०. जनप्रतिनिधी र कर्मचारीको सम्बन्धलाई कसरी व्यवस्थान गर्नुभएको छ ?

कानुनले तोकेको जिम्मेवारी अनुसार जनप्रतिनिधि र कर्मचारीलाई कामकाज गराइरहेका छौ र कहिलेकाही आउने समस्यहरुलाई आपसि समझदारीमा समाधान गरेका छौं ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend