logo
  • शनिबार, साउन ३० २०८३

चोपेन्द्रको प्रेममा सुरबिना – भिडियो हेर्नुहोस


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क ।
हरेक दिन नयाँ गीत संगीत र नयाँ अनुहार नेपाली म्युजिक र मुभी इन्ड्रस्ट्रीमा भित्रिरहेका छन । म्युजिक, मोडिलिङ र मुभीमा केहि गर्ने रहर , सपना बोकेर आउनेहरुले नयाँ टेस्टका गीत र भिडियो डिजिटल बजारमा सार्वजनिक गरिरहेका छ्न।

कला र संगीतमा फरकपन र नयाँ एक्सपेरिमेन्ट गर्न रुचाउने आजको पुस्ताले गर्दा गीत गायन देखि भिडियो मेकिङ्गमा निकै परिवर्तन आएको छ । गीतहरु थिममा बन्न थालेका छन् भने गीतमा कथा भन्न खोज्ने शैलीले गर्दा भिडियो ५ मिनेटको सिनेमा हेरे जस्तै लाग्छ ।

फिल्म/नाटक/साहित्यमा “स्टोरी टेलिङ्ग” सुन्दा जति सजिलो छ, गर्न त्यति गाह्रो चिज हो । हालै रिलिज भएको “लुकिछिपी किन मायामा” बोलको गीतको भिडियोमा हामीले छोडेर आएको पुरानो गाउँले जीवनलाई पुन: जीवित बनाउन खोजिएको छ ।

भिडियोमा लगभग ९० को दशकमा हाम्रो गाउँ घरमा गुज्रिने गरेका जीवन, माया प्रेम, खेलकुद, कृषीकर्मलाई साधारण तवरमा प्रस्तुत गर्नको लागि ठुलो मिहेनत गरेको प्रस्ट देखिन्छ । यस गीतमा शब्द, संगीत, स्वर गणेश सेन्चुरीको रहेको छ । भने कोबिद बज्रले म्युजिक एरेन्जमेन्ट गरेका हुन् ।

भिडियोमा बुलबुल फिल्मबाट चर्चामा आएका नायक चोपेन्द्र भुषाल उर्फ मुकुन भुषाल साथै नायिका सुरबिना कार्की मनिष तामाङ र अनु काफ्लेको अभिनय देख्न सकिन्छ । भिडियोलाई निशल पौडेलले छायांकन गरेका हुन् ।

भीम विश्वकर्माले भिडियो सम्पादन गरेका हुन् । नबिन चौहानको निर्देशन र कन्सेप्टमा भिडियो तयार भएको हो । भिडियोलाई आर्टमान्टु नेपालले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend