logo
  • शनिबार, साउन ३० २०८३

बजेटका बाँकी विधेयकमा सहयोग हुँदैन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाण्डौ, आषाढ ३०।
माओवादी केन्द्रका एकजना प्रभावशाली नेताले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिए बजेटसँग सम्बन्धित बाँकी विधेयक पारित गर्न सरकारलाई नसघाउने चेतावनी दिएका छन्।

bishnu_poudel
अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा वर्तमान सरकार अल्पमतमा परिसकेको भन्दै उक्त दलका नेता कृष्णबहादुर महराले बिहीबारसम्म प्रधानमन्त्रीले राजीनामा नगरे अर्को सरकार गठनपछि मात्रै बजेटका बाँकी विधेयक अनुमोदन गर्ने बीबीसीलाई बताए।

एमाले भने तत्काल सरकारबाट नहटी अविश्वासको प्रस्तावको सामना गर्ने मनस्थितिमा देखिन्छ। आफू सम्मिलित सरकारले नै ल्याएको बजेटको बाँकी हिस्सा अनुमोदन गर्न माओवादी केन्द्रले प्रधानमन्त्रीको राजीनामालाई शर्त बनाएजस्तो देखिन्छ।

अविश्वास
महराले भने, “यदि उहाँले राजीनामा गर्नुभएन, अविश्वासकै प्रस्तावको सामना गर्ने तहमा जानुभयो भने आगामी सरकारले नयाँ ढंगले यो बजेटलाई टुङग्याउनेछ।”

के त्यसको अर्थ नयाँ सरकारले फेरि अर्को बजेट ल्याउने भन्ने हो?
जवाफमा महराले भने, “त्यस्तो होइन। बजेटको मूल अंश त पास भइसकेको छ। यसको बाँकी भाग मात्रै हो। त्यसलाई नयाँ सरकारद्वारा पूरा गरिन्छ।”
पारित हुन बाँकी विधेयकहरु आगामी साउन १ गतेबाट लागू हुने नयाँ कर दर र आन्तिरक तथा बाह्य ऋण लिने विषयसँग सम्बन्धित छन्।

खर्चविहीन
यसअघि नै बजेटको मुल अंश अनुमोदित भइसकेकाले नयाँ आर्थिक वर्षमा सरकार खर्चविहीन हुनुपर्ने अवस्था भने नआउने अधिकारीहरुले बताएका छन्। पछिल्लो घटनाक्रमसँगै बजेट नयाँ राजनीतिक विवादको रुपमा देखा परिरहँदा प्रधानमन्त्री केपी ओली बाँकी विधेयक पारित नगरी राजीनामा दिने मनस्थितिमा देखिंदैनन्।
अर्थमन्त्री विष्णु पौडेलले भने, “बजेट पास नगरेर एमालेलाई के दवाव पुग्छ? एमालेले आफ्नै लागि बजेट ल्याएको त होइन होला?”

अविश्वासको प्रस्तावले निम्त्याएको प्रमुख दलहरुबीचको कटुताको छायाँ बजेटमा पर्दा राजनीतिक गतिरोध थप लम्बिने र नयाँ सरकार गठन प्रक्रिया पनि केही असहज बन्ने अड्कलबाजी हुन थालेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend