logo
  • शनिबार, साउन ३० २०८३

सधैं चलचित्रमै काम गर्नुपर्छ भन्ने छैन : सनी लियोन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

sunny-leoneएजेन्सी ।
बलिउड अभिनेत्री सनी लियोनले अहिले चलचित्रमा काम गर्नुको अर्थ सधैं यही पेसामा रहनुपर्छ भन्ने नरहेको बताएकी छन् । अडल्ट चलचित्रकी अभिनेत्री सनी लियोन सन् २०११ मा रियलिटी शो बिग बोस सिजन पाँचको माध्यमबाट भारत आएकी हुन् ।

उनले सन् २०१२ मा आफ्नो पहिलो चलचित्र ‘जिस्म–२’ बाट बलिउड यात्रा सुरु गरेकी हुन् । सनी लियोनले मनोरञ्जन उद्योगमा काम गर्नेहरुले अन्य क्षेत्रमा पनि काम गर्नुपर्ने बताएकी छन् । उनले भनिन्– म सधैं चलचित्रमा मात्र काम गर्दिनँ । उनका अनुसार यदि एक जना व्यापारी वा मनोरञ्जनसँग जोडिएको व्यक्तिका रुपमा सफल हुनु छ भने सबै क्षेत्रमा हर सम्भव कोशिस गर्नुपर्नेछ ।

उनले भनिन्–मेरा लागि चलचित्रको सिलसिला सधैं जारी रहने छैन । अन्त्य हुनेछ, तर प्रश्न यो हो कि त्यसपछि गर्ने के ? स्मरणरहोस् जिस्म–२ पछि सनी लियोनले ज्याकपट, रागिनी एमएमएस–२ र एक पहेली लीला जस्ता चलचित्रमा काम गरिसकेकी छन् । शाहरुख खानको नयाँ चलचित्र ‘रईस’ का लागि सनी लियोनले हालै एउटा आइटम डान्स पनि गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend