logo
  • शनिबार, साउन ३० २०८३

टोकियोमा हुने भलिबल प्रतियोगितामा सहभागिताका लागी दर्ता खुल्ला


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क ,टोकियो चैत्र ११ ।  नेपाली नयाँ बर्ष २०७६ को अवसर पारेर गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले आफ्नो बार्षिकोत्सवको उपलक्ष्यमा पाँचौ मैत्रीपुर्ण सिल्भर रनिङ्ग कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितामा सहभागिताको लागि दर्ता खुल्ला गरिएको आयोजकले जनाएको छ ।

हरेक बर्ष प्रतियोगिताबाट भएको आम्दानीबाट नेपालमा खेलसंग सम्बन्धित क्षेत्रमा सहयोग गर्दै आएको क्लवले यो कार्यक्रमको आयबाट उठ्ने रकम धुर्मुस सुन्तली फाउण्डेशनको निर्माणाधीन गौतम बुद्द अन्तराष्ट्रीय क्रिकेट रंगाशाला निर्माणमा सहयोग गर्ने बताइएको छ । नेपालको राष्ट्रीय खेल भलिबलको माध्यमबाट जापानमा रहने सम्पुर्ण भलिबल प्रेमीहरुलाई आफ्नो प्रतिभा देखाउने र एकअर्कामा भातृत्व कायम गर्नका लागि गल्कोट स्पोर्ट्स क्लव टोकियोले बिगत आधा दशक देखि उल्लेख्य भुमिका खेल्दै आएको छ। प्रतियोगितामा सहभागिताका लागि मार्च २५ देखि अप्रिल १० सम्म समय सिमा तोकिएको छ । दर्ता शुल्क जापानी येन ४०००० तोकिएको छ । भने पुरस्कार राशी क्रमश प्रथम र द्वितीयलाई जापानी येन ३०००००र २००००० रहेको छ । बिगतमा पाँच छुट्टा छुट्टै बिधामा खेलाडी सम्मान गर्दै आए पनि यो बर्ष थपेर छ बिधामा सम्मान गरिने समेत क्लवले जानकारी गराएको छ । गल्कोट स्पोर्ट्स क्लव टोकियोको यस प्रतियोगितामा शुद्ध चाँदीको कप दिपिका ईण्टरनेशनल जापानका चन्द्र खत्री र छम खत्रीले प्रायोजन गर्नु भएको छ भने मुख्य प्रायोजक गल्कोट समाज जापान रहेको छ । निरन्तर रुपमा क्लवलाई माया गर्ने सुमेघ टुर्स एण्ड ट्राभल्स,आत्मराम शर्मा लगाएतका संघसंस्था एवं ब्यक्तिहरुको पनि यस प्रतियोगितामा आर्थिक सहयोग रहेको छ ।

प्रतियोगितामा अग्रिम दर्ता हुने १५ टीमलाई मात्र सहभागि गराईने छ । जापानमा रहेका संघसंस्था एवं क्ल्वलाई बिभिन्न माध्यमबाट पत्राचार गर्ने कार्य गरिए पनि कुनै कारणबस् पत्र नपुगेको खण्डमा यसै समाचारलाई आधारमानी सहभागी हुन गल्कोट स्पोर्ट्स क्लवका महासचिव तथा प्रचारप्रसार संयोजक लक्ष्मण कार्कीले अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend