logo
  • शनिबार, साउन ३० २०८३

“कुम जोडी नाचौ लाग्यो” बजारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौँ ।
संचारकर्मी तथा गायक किशन रेग्मी र गायिका रेश्मा केसीको नयाँ गित “कुम जोडी नाचौ लाग्यो” को म्युजिक भिडियो सार्बजनिक भएको छ । अमेरिकाबाट सञ्चालित युएस खबर डटकमका सञ्चालक समेत रहेका किशन रेग्मीको यस अघिको कान्छी हे कान्छी गीतलाई पनि स्रोता दर्शकले अत्याधिक रुचाएका थिए ।

नेपाल रहँदा दाङको रेडियो मध्यपश्चिम र स्वर्गद्वारी एफ एममा लामो समय काम गरेका गायक किशन रेग्मी दाङ चलचित्र पत्रकार महासंघका संस्थापक अध्यक्ष समेत हुन् । उनको पछिल्लो गीत “कुम जोडी नाचौ लाग्यो” डान्सीङ बिटको गीत हो, जसको म्युजिक भिडियो युएस मिडिया नेटवर्कको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

युगल गीत “कुम जोडी नाचौ लाग्यो” गीतमा किशन रेग्मी संगै गायिका रेश्मा केसीको स्वर रहेको छ । कलाकार तथा चलचित्र निर्देशक शिशीर राणाको निर्देशनमा गायक रेग्मीको “कुम जोडी नाचौ लाग्यो” गीतको भिडियो निर्माण भएको छ ।

हाल अमेरिकामा रहँदै आएका सञ्चारकर्मी तथा गायक किसन रेग्मीको “कुम जोडी नाचौ लाग्यो” गीत कलाकार तथा निर्देशक राणाले निर्देशन गरेको पहिलो म्युजिक भिडियो हो जसलाई कमल राइले कोरियोग्राफी गरेका छन् भने शिब ढकालले छायांकन गरेका हुन ।

उक्त भिडियोमा मोडल निकोलस अर्याल र मोडल एन्जल श्रेष्ठको अभिनय रहेको छ । शिव शर्मा चञ्चलको शब्द र एस डि योगीको संगीत रहेको यस गीत अमेरिकाको ए एच एस रेकडिङ स्टुडियोे टेक्सासमा रेकर्डिङ गरिएको हो ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend