logo
  • शनिबार, साउन ३० २०८३

धुर्मुस सुन्तलीलाइ सुमित्राद्वारा संकलित रकम हस्तान्तरण


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

मोहम्मद अजिज अलि, कतार आषाढ २५ ।
धुर्मुस सुन्तली फाउण्डेसनले भुकम्पबाट क्षतिग्रस्थ सिन्धुपाल्चोक जिल्लामा निर्माण गर्न लागेको गिरान्चौर एकिकृत बस्ती लागि कतारबाट सुमित्रा लामिछाने द्वारा संकलित १ लाख ३० हजार ४ सय ३४ रुपैया हस्तान्तरण गरेकी छिन ।
13599924_10154379548856742_6710125956374170145_n
धुर्मुस र सुन्तलीले सिन्धुपाल्चोकमा शुरु गरेको दोश्रो एकीकृत नमुना बस्ती निर्माण अभियान देखी उनी प्रेरित भएर आफ्नो फेसबुक स्ट्याटस मार्फत सहयोगका लागि अपिल गर्दा धेरै सहयोगी मनहरुले आफुलाई अभियान चलाउन हौसला दिदै सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए सोहि सहयोगीहरु बाट संकलित रकम फाउन्डेसनका अभियान्ता धुर्मुस र सुन्तलीलाइ पत्रकार समाजसेवीहरु सहितको भेटघाट कार्यक्रम मार्फत हस्तान्तरण गरेकी हुन ।
13606857_10154379549021742_2487413485625835296_n
सुमित्राले उक्त अभियानका बारेमा बोल्दै आफुले व्यक्तिगत रुपमा सहयोग संकलन गर्दै गर्दा कतारमा अन्य संघ संस्थाहरुले पनि संकलन अभियान सुरु गरेका कारण र केहि प्रतिबद्दता गर्ने हरुबाट रकम प्राप्त नभएकाले आफुले सोचेको भन्दा थोरै रकम उठेको बताइन । फाउन्डेसनकि अभियान्ता धुर्मुस र सुन्तलीले हाम्रो अभियानलाई यहाले गर्नु भएको समर्थननै ठुलो रकम हो भन्दै प्रशंसा र धन्यबाद व्यक्त गरेकी थिइन । सामाजिक कार्यमा असहयोग खुट्टा तान्ने प्रवृति नेपाली समाजमा नौलो नभएको र आफुले यो अभियानमा त्यस्तो धेरै भोगेको भन्दै केहि गर्ने सोच राख्नुनै सफलता हो भन्दै सहयोग गर्नु हुने सबैलाई धन्यबाद व्यक्त गरे ।

समाजसेवी एवं नेपाली जनसम्पर्क समिति कतारका प्रमुख सल्लाहकार बिमल सुवेदीले सुमित्राको अभियान व्यक्तिगत भए पनि अन्य संघ संस्थालाई बाटो देखाउने काम भएको बताए ।  रकम जहाबाट जसरि संकलन भए पनि सम्बन्धित ठाउमा पुगोस पारदर्शी र रकमको दुरुपयोग नहोस भन्ने धारणा व्यक्त गर्दै धुर्मुस सुन्तलीको अभियानलाइ स्यालुट गर्नु पर्छ भन्दै सरकारले पनि यस्ता खाले एकीकृत नमुना बस्तिहरु निर्माण गर्नु पर्ने बताए । पत्रकार अजिज अलिले सहजीकरण गरेको उक्त भेटघाटमा सुमित्राको अभियानमा बोलेको रकम नदिनु र दिएको रकम पनि फिर्ता माग्नु जस्ता क्रियाकलाप निस्वार्थ र स्वच्छ समाजसेवा नहुने बताएका थिए ।

उक्त अभियानलाइ सरिता भाट ५००, बिमल अधिकारि ५१, तारा अधिकारि ५००, अख्तर हुसैन २०५, बिमल सुवेदी १०१,सोम केसी १०७, बिनय शर्मा १०५, दोर्ण कार्की १११, प्रियंका कार्की १००१, लक्ष्मी प्रसाद उपाध्याय ६०५, लिला अधिकारि १०१, शिव कार्की ३००, अर्जुन चापागाई ५०५, राजु कोइराला २०५, अजिज अलि १०१, बालकृष्ण गिरि ५१ कतारी रियाल सहयोग गरेका हुन । कार्यक्रममा कान्तिपुर अरब ब्युरोका पत्रकार होम कार्की, लक्ष्मी उपाध्याय, तारा अधिकारि, बिमल अधिकारि, अबु अलि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend