साझा नेटवर्क
गुल्मी, आषाढ २४ ।
बैकल्पिक उर्जा प्रवद्धन केन्द्रले गुल्मि क्षेत्र न.३ पिपलधारा स्थित श्री गणेश माध्यमिक बिद्यालय र स्वास्थ्य चौकी पिपलधारामा ४/४ किलो वटा क्षमताको सौर्य बत्ति जडान गरीने भएको छ । नेपाली कांग्रेस पिपल धाराका सभापति हरिबहादुर थापाको पहलमा बैकल्पिक उर्जा केन्द्रका सहायक निर्देशक रुद्र प्रसाद खनालले सौर्य बक्ति जडानको व्यवस्था मिलाएको सभापति थापाले जानकारी दिनु भयो ।
लगातारको लोडसेडिङका कारण स्वास्थ्य चौकिमा आवश्यक औषधि राख्न समस्या आएको छ । सानो भ्याक्सीन समेत राख्न नसक्ने अवस्थाको कारण खोप तथा भ्याक्सिनका लागि स्थानीय जनता जिल्ला सदरमुकाम सम्म पुग्दै आएका छन् । सानो समस्याको लागि जिल्ला सदरमुकाम पुग्नु पर्ने व्यवस्था अन्त्य गर्नको लागि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसंग सो व्यवस्थाको लागि माग गरिएको सभापति थापाले वताउनु भयो ।
साथै आधुनिक बिश्वमा भएको सूचना प्रविधिको विकाससंगै बिद्यालय शिक्षामा कम्प्युटर अनिवार्य गरीए पनि श्री गणेश माध्यमिक बिद्ययालय बिद्युत अभावकै कारण राख्न नसकिएको वताउनु भयो । उहाँले सौर्य बक्ति जडान संगै बिभिन्न संघ संस्थाको सहयोगमा कम्प्युटर राखेर कम्प्युटर शिक्षा दिइने पहल समेत भैरहेको जानकारी दिनु भयो ।
बिद्यालय स्थापनाका ५ दशक बिति सक्दा समेत बिद्यालयमा सामान्य फोटो कपि सुबिधा समेत पाएका छैनन् । सौर्य बत्ति हिजो साँझ नै पिपलधारा पुगिसकेको र अव केही दिनमा जडान सम्पन्न भई सञ्चालनमा आउने, सौर्य बक्ति जडान जिम्मा पाएको उर्जा घर प्रा. लि. का प्रबन्ध निर्देशक ईन्द्र खनालले वताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend