साझा नेटवर्क
चोम बिस्ट रोल्पा पुष १३ ।
आशिष् म्युजिक प्रलालीको प्रस्तुतिमा प्रकृति अधिकारी र सागर बाबू पुनको सयुक्त लोक दोहोरी गिति एल्बम राप्ती तरौला जसमा यात्रा क्रमको यथार्थ कुरालाई चित्रण गरेको पाइन्छ राप्ती तरौला चन्द्रौटा को चटपटे खादै बटौली झरौला, पोखरा, काठमाडौ, बुटवल, मुग्लिन, दमौली, ठाउँ समाबेश बसमा बसेर मिठा गफ गर्दै यात्रा गर्ने अति मार्मिक मौलिक लोक गितका शब्द रहेका छन।

शब्द रचना प्रकृति अधिकारिले गर्नु भएको छ भने लयमा सागर बाबु पुनको रहेकोछ चर्चित लोक दोहरी गायिका राधिका हमाल र गायक सागर पुन बैरागी को कर्णपि्रय स्वर मा सजियको “राप्ती तरौला”गीति एल्बम भिडियो सार्बजनिक भएको छ भने गितको निर्देशन शिव बिक,छ्याङ्कनमा सुजन दहाल भिडियोको सम्पदानमा रमेश बिक रसाइलीले गरेकाछन।
अभिनयमा बिनोद श्रेष्ठ, भटभटे माइला, प्रकृति अधिकारि, खम्बु दृश्य निर्माणमा याक इन्टरनेटमेन्ट गरेको छ। उत्पादक तथा बितरक बजार व्यवस्थापनमा आशिष् म्युजिक प्रालिले उपलब्ध गरेको छ । Youtube मा छ्यापछ्याप्ती भाइरल भैरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend