logo
  • शनिबार, साउन ३० २०८३

गायक लिम्बुको “कति राम्रो” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमान्डौ, पुष ४।
अहिलेको युग डिजिटल प्रबिधीको युग हो । बिकसित डिजिटलाईज प्रबिधी संगै दिन प्रतीदिन गीत संगीतले पनि फड्को मारीरहेको छ।

कतीपय लोप भएर गएका छन भने कतीपय चर्चाको शिखरमा छन।यही क्रमलाई पछ्याउदै लायन बहादुर लिम्बुको स्वरमा “कति राम्रो” बोलको गीतको म्युजिक भिडियो बुढा सुब्बा म्युजिक प्रालीको आधिकारिक युट्युब मार्फत सार्वजानिक भएको छ।

तोरन श्रेष्ठका शब्दहरु रहेको “कति राम्रो” वास्तबमै कति राम्रो बनेको निर्माण पक्षको दावी छ । यस गीतमा गायक लिम्बुले नै संगीत दिएका छन भने म्युजिक भिडियोलाई लिम्बुले नै निर्देसन गरेका हुन । गीतको म्युजिक भिडियो ब्यबस्थापन सबिन लिम्बुले गरेका छन भने सम्पादन सुबास लिम्बुको रहेको छ ।

म्युजिक भिडियो संदिप ढकाल र बिजय गौतमले निर्माण गरेका हुन । म्युजिक भिडियोमा पुजन, समिरा, बाल कृष्ण र नितुको अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend