logo
  • शनिबार, साउन ३० २०८३

रोहित बस्नेतद्वारा निर्देशित “बगैंचाको फुल’ सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, आषाढ २३।
नेपाली म्युजिक भिडीयोमा कोरियोग्राफरको रुपमा परिचित रोहित बस्नेत निर्देशनमा पनि उत्तैकै दमदार देखीएका छन् । भर्खरै सार्वजनिक भएको ‘रिहान’ एल्वम भित्रको ‘बगैंचाको फूल जस्तो’ बोलको गीतमा रोहितको निर्देशकिय खुवी तारिफ योग्य देखीएको छ ।
13624669_1112158905473658_2021374443_n
प्रेममा परेको युवकले आफ्नी प्रेमिकाको बयानमा खर्चने सुन्दर उपमाहरु प्रयोग भएको गीतको म्युजिक भिडीयोमा सम्पदा बानींया र जीवनको अभिनय रहेको छ । रोहित बस्नेतले निर्देशन गरेको यो दोस्रो म्युजिक भिडीयो हो ।

सिन्धुलीको रातमाटे वरपरका बिभिन्न रमणीय स्थानमा छायाँकन गरिएको म्युजिक भिडीयोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने निसान घिमिरेले भिडियोको सम्पादन गरेका हुन् । रविन्द्र लामाको स्वरमा रहेको यो गीतमा संचिता मगरको शब्द र मोहन मगर संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend