साझा नेटवर्क
सु
र्य चन्द, काठमाडौँ आषाढ २२।
स्वतन्त्रता हाम्रो नर्सैगिक अधिकार हो, हामीलाई हाम्रो जिबन स्वतन्त्र संग जिउने अधिकार पनि छ, स्वतन्त्र संग जिउन पाउनु पनि पर्छ । प्रसङ्ग शहरी रात्री जिबनको जहा दैनिक सयौ युवा युवतीले आफ्नो भबिष्यलाइ अध्यारो तर्फ धकेली रहेका छन । सयौले क्षणीक मनोरंजन प्राप्त गर्नको लागि मदिरामा लट्ठ भएर आफ्नो अश्मिता लुटाईरहेका छन ।
शहरी क्षेत्रमा खुलेका दर्जनौ बार डिस्कोको कारणले कतै हाम्रो छोरा छोरिको भबिष्य त अन्धाकारमा धकेलेको त छैन? बार डिस्कोमा पनि एउटा मापदण्ड हुन जरुरि छ । यो बिषयमा सरोकार वालाहरुले सोच्न जरुरत पनि छ । तर हाम्रो देशमा त चौध बर्षको किशोर किशोरीहरु पनि बारमा बसेर मदिरा र धुम्रपानमा लट्ठ पर्दै आफ्नो यौबन देखाई रहेका छन ।
बार डिस्कोमा खिचेर फेसबुकको भित्तामा फोटो राखिने प्रचलनले गर्दा त झन अहिलेको युवा पुस्ता जसरि पनि एक चोटी बार डिस्को गएर त्यहाको फोटोग्राफरबाट फोटो खिचाई आफ्नो फेसबुकमा राख्न आतुर देखिन्छन जसले गर्दा कतै हाम्रो युवा पुस्ता गलत संगत र गलत बाटोमा हिडेको त छैन भन्ने प्रश्न आउछ । हामी र हाम्रो समाज नराम्रो काम र कर्मको देखासिखी गर्न सबै भन्दा अगाडी छ । हिजो त्यो गएर बारमा मदिरा खादै फोटो खिच्छ भने आज म किन नजाने म पनि जान्छु भन्ने प्रवृति छ ।
सेलिब्रेटी देखि चेलीबेटीहरु सम्म आजकल बार र डिस्कोमा गएर फोटो खिचेर सामाजिक संजाल(फेसबुक,ट्विटर)मा राख्ने ट्रेन्ड नै चलेको छ । बार डिस्कोमा आउने ग्राहकहरुको लागि भनेर बार डिस्को संचालकहरुले फोटो खिचिदिने र फेसबुक पेजमा राखिदिने गर्दछन जसले गर्दा युवा युवतीहरु एक अर्कालाइ देखाउनको लागि मात्र भएपनि बारमा जाने र मदिरा र धुम्रपानमा झुम्ने गर्दछन । अहिले शहरमा कोहि देखासेखीको लागि त कोहि आफ्नो मनोरंजनको लागि दैनिक सयौ युवा युवतीहरु रात्री जिबन बार डिस्कोमा जाने गर्छन र बार डिस्कोमा जाने होडबाजी नै चलेको छ ।
सेलिब्रेटी,मोडल देखि धनाड्य घरानाका व्यक्तिहरु बार डिस्कोमा गएर मस्त हुने प्रचलन नया होइन तर अहिले उनै सेलिब्रेटी, मोडल, धनाड्यहरुको नक्कल गर्दै सामान्य घर परिवारका युवा युवतीहरु गलत संगत र ट्रेन्डमा फस्दै गएका छन । भर्खर टिन एज प्रवेश गरेका देखि लिएर बुढा बुढी भइसकेका सम्म अहिले रत्रिजिबनको बार डिस्कोमा गएर मदिरा पिउदै र धुम्रपान गर्दै फोटो खिच्न लालाइत देखिन्छन र आफु हिजो राति यो ठाउमा थिए भनेर देखाउन अनि बारको लोगो सहितको फोटो आफ्नो फेसबुकमा राख्न आतुर हुन्छन ।
जसले गर्दा सामान्य घर परिवारका युवा युवतीहरु पनि आफ्नो साथी सर्कलमा देखाउनको लागि भए पनि बार डिस्को जाने र फोटो खिच्ने र आफ्नो फेसबुकमा राख्ने गलत ट्रेन्ड बस्दै गएको छ । यसको अर्थ सामान्य घर परिवारको युवा युवती बार डिस्को अनि कहिँ कतै जानु हुन्न भनेको होइन तर सामान्य घर परिवारको युवा युवतीहरु देखासेखी गर्नको लागि भएनि गलत काम गर्न गलत संगतमा फस्दै गएका छन । आफुलाई मोडल र सेलिब्रेटी जस्तो देखाउन अहिलेको युवा पुस्ता जस्तो सुकै काम गर्न नि पछि नहट्ने एक अध्ययनले देखाएको छ ।
यसका लागि अबिभाबकहरुले बेलैमा सोच्नु पर्ने अबस्था आएको छ । आफ्नो छोरा छोरीहरु कुन बाटोमा हिड्दैछन बेलुका कहा जादैछन के गर्दैछन भनेर कहिँ सेलिब्रेटी र मोडल जस्तो देखिन गलत संगत र गलत बाटोमा त छैनन् बेलैमा सोच्नुहोस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend