साझा नेटवर्क
युएई, भदौ १३ ।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा युएईमा क्रियाशील रहेको मितेरी समाज क्षेत्रीय समिति दुबईले विशेष साँस्कृतिक कार्यक्रम संगै दरखाने भएको छ ।
आउदो सेप्टेम्बर ७ सुक्रबारको दिन बरदुबईको अलमाया सुपर मार्केट बिल्डिंगमा कार्यक्रम हुने जनाएको छ । स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति संगै दरखाने कार्यक्रम स्थानीय समयानुसार दिउसो २ बजेबाट सुरु हुने आयोजकले बताएको छ ।
उक्त कार्यक्रममा युएइमा रहेका महिला दिदिबहिनीहरुलाई निशुल्क दरखाने व्यवस्था गरिएको छ, भने उपस्थित दर्शकहरुका लागि भाग्यशालि चिठ्ठाको व्यवस्था समेत गरिएको छ ।
मितेरी समाज युएईले महिलाहरुको तिज पर्वमा यसरि हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको समाजका अध्यक्ष प्रदिप पुन मगरले बताए।
त्यसैगरी आगामी सेप्टेम्बर १४ का दिन मितेरी समाज युएई केन्द्रको तिज विशेष कार्यक्रम पनि अलएन सहरमा हुने जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend