साझा नेटवर्क
साझा नेटवर्क , काठमाडौं ।
नेपाली गीत संगीतमा मोडलको रुपमा चर्चामा रहेकी पार्वती राईको बसाई गत बर्ष देखि अमेरिकामा रहदै आएकी छन् ।
पार्वती राइका फ्यानहरु उनको प्रस्तुति भिडियोमा देख्न नपाउदा निक्कैनै निरास थिए तर तीज नजिकिदै गर्दा नेपाल आएकी पार्वती राईलाइ म्युजिक भिडियोहरुमा भ्याई नभ्याई भएको छ l बुटवलमा छायांकन गरिएको बिष्णु खत्री र राधिका हमालको स्वर रहेको गीतमा पार्वती राइले आफ्नो नृत्य प्रस्तुत गरेकी छिन ।
जुन भिडियोलाई निर्देशन तथा छायांकन बिष्णु भट्टराईले गरेका छन् भने अभिनयमा साथ् दिएका छन् राजु महोत्रले , पार्वती राइले नृत्य निर्देशन गरेको भिडियोमा सगुन शर्मा को श्रीन्गार रहेको छ भने उक्त भिडियोको दृश्य निर्माण अविरल फिल्म्सले गरेको छ ।
स्वाभिमान क्रियशनले बजार ब्यबस्थापन गरेको भिडियो आजै मात्रै सार्बजनिक भएको छ , बिष्णु खत्रिकै लय सब्दमा रहेको गीत ” म नाचे म नाचे ” को पुरा भिडियो यस्तो रहेको छ l
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend