logo
  • शनिबार, साउन ३० २०८३

कतारमा केकी र रीमा बिश्वकर्मासंग फिल्म हेर्न पाईने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

महेन्द्र प्रसाद पोखरेल , काठमाडौं।
दोहा नेपाली चलचित्रलाई निरन्तर रुपमा कतारसम्म पुर्याएर नेपाली दर्शकहरुको पहुँच सहज बनाएका कल्याण घिमिरेले कोहलपुर एक्प्रेसलाई पनि कतार प्रबेश गराउने भएका छन।यतिमात्र होईन चलचित्र कोहलपुर एक्सप्रेससंगै नायिका केकी र रीमा समेत कतार आउँदै छिन। कोहलपुर एक्सप्रेसमा मुख्य भुमीकामा प्रियंका, रीचा  ,बुद्दी तामाङ लगाएतको अभिनय रहेको छ। राजनराज सिवाकोटी,कालिप्रसाद तथा अर्जुन पोख्रेलले सँगितबद्द गरेका छन भने चलचित्रकासबै गीत हिट छन।

कमेडी तथा सस्पेन्समा आधारीत चलचित्र कोहलपुर एक्सप्रेस कतारको सनैया ईण्डष्ट्रीयल क्षत्रको ग्राण्ड मलमा रहेको एसियन टाउन हलमा लाग्ने छ। २५ कतारी रियाल शुल्क रहेको सो मा स्वयंम केकी र रीमासंगै बसेर चलचित्र हेर्ने ब्याबस्था मिलाईएको घिमिरेले बताएका छन। आगामी शुक्रबार ३ :३० बजेबाट सो सुरु हुने छ ।

बिदेशमा रहेका नेपालीहरुलाई आफ्नोपनको आभाष दिलाउन नेपाली चलचित्रलाई मायाँ र प्रबर्धन गरौँ भन्ने मुल नाराका साथ उक्त सो हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend