logo
  • शनिबार, साउन ३० २०८३

संचारकर्मी तथा गायिका कल्पना भण्डारीको “ऐलेको तिज” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौं साउन १९ ।
हिन्दु नारीहरुको महान पर्ब हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै भन्दा धेरै तीज गीत सार्बजनिक भइरहेका छन । यसै क्रममा संचारकर्मी तथा गायिका कल्पना भण्डारीले तीज कोशेली “ऐलेको तिज” सार्वजनिक गरेकी छिन । नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा भण्डारीले “ऐलेको तिज” बोलको तिजगीत बजारमा ल्याएकी हुन् । गीतमा बिपिन किरणको शब्द र श्री कृष्ण बम मल्लको संगीत रहेको छ । टेकेन्द्र शाहीको निर्देशनमा बनेको भिडियोलाई रामकुमार केसीले छायांकन गरेका छन् भने सम्पादन टेकेन्द्र शाहीकै रहेको छ ।

कोरियोग्राफर राज महर्जनले गरेका छन भने नृत्यमा कल्पना भण्डारी संगै साथीहरुको अभिनय रहेको छ । गीतलाई हाईलाईट नेपालले बजारमा उपलब्ध गराएको हो ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend