logo
  • शनिबार, साउन ३० २०८३

गायक प्रकाश परियारले तिज गित “ईख” बजारमा ल्याए


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अर्घाखाँची, साउन १६ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साविक वार्ड नम्बर -९ अर्घा पाथ्रावाङमा जन्मिएका लोक दोहोरी गायक प्रकाश परियारले यसपालिको तिजमा “ईख” म्युजिक भिडियो बजारमा ल्याएका छन ।दर्जनौं गितमा आवाज दिएका परियार पछिल्लो समयमा दर्शक श्रोताहरुको मन जित्न सफल अहिले चर्चामा रहेका छन ,एस.बि एस.म्युजिक प्रा.ली.ले बजार व्यवस्थापन गरेको यस तिज गित बिमल परियार र पुष्पा लामिछानेको संयुक्त प्रस्तुतिमा सार्वजनिक भएको हो ।

गायक परियार र गायिका टिका पुन मगरको आवाजमा रहेको म्युजिक भिडियोमा “मसंगका साथिहरु बुढिका पै बने , मैले बिहे नगरेको नामर्द होस भने” भन्ने जस्ता कुराहरुलाई समेटिएको गितमा लय शब्द भने बुद्धि बिर गोर्खालीको रहेको छ ।

चर्चित मोडल अर्जुन खड्का ,जिवन लुइँटेल , सविता राना, पुष्पा लामिछानेको अभिनय रहेको भिडियोको छायांकन हरिस महरा र चेतन मगरले संपादन गरेका छन भने  निर्देशन विशाल बैरागिले गरेका छन ।

हेर्नुहोस   भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend