साझा नेटवर्क
अर्जुन खनाल, नयाँ दिल्ली भारत आषाढ १५।
भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न समयमा विभिन्न संघ सस्थाद्वारा कुनै न कुनै कार्यक्रम आयोजना भईरहदा आगामी अगस्ट १५ तारिखका दिन नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर अपाङ्ग बिद्यार्थीहरुको सयोगार्थ श्री पशुपति सम्पर्क मंचले इन्डो नेपाल सास्कृतिक महोत्सव आयोजना गर्ने भएको छ ।

‘प्रवासमा रहेर पनि कला सँस्कृतिको बिकासमा टेवा पुगोस भन्ने हाम्रो चाहाना हो सस्थाका महासचिव रमेश शर्मा बताउछन । बिगतको समयमा प्रत्येक वर्ष ब्लड डोनेसन कार्यक्रम आयोजना गर्दै आएको उक्त सस्थाले अन्य सामाजिक कार्यहरुमा पनि प्रवासमा अग्रसर रहेको छ ।
कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु गायक खुमन अधिकारी, नविन पौडेल, गायिका तृप्ति खड्का, जमुना राना, मोडल लक्षु शर्मा दिल्ली आउने भएका छन। साथै सोहि कार्यक्रममा स्थानीय कलाकारहरु गायक सुबोध पोख्रेल, धुर्ब राना, नबिन न्यौपाने साथमा उद्घोषिका सितल शर्माको बेजोड प्रस्तुति समेत रहने आयोजकले साझा नेटवर्कलाई जानकारी दिए ।
गायक खुमन र गायिका जमुना राना पटक पटक दिल्ली आएपनि गायक नबिन पौडेल र गायिका तृप्ति खड्काको भने यो पहिलो कार्यक्रम हो दिल्ली बासिहरुको लागि ।
स्थानीय कलाकारहरुको फरक सैलीमा नृत्य समेत रहेको नृत्य संयोजक बाबु रोका मगरले बताए । कार्यक्रम १५ अगस्टको दिन दिल्लीको अशोक बिहार कम्युनिटी हलमा बिहान १२ बजेबाट श-शुल्क सहित सुरु हुनेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend