साझा नेटवर्क
अनिल खत्री, गुल्मी साउन १४ ।
केहि वर्ष अघि गुमपाकुम घुम तिजको गितबाट निकै चर्चा कमाएर संगित क्षेत्रमा उदाएकी गायिका शिलु भट्टराईको यस वर्षको तिज पर्वको लागी तिज गित सार्वजनिक भएको छ । यस वर्षको तिजपर्वलाई मध्य नजर राखेर गायिका भट्टराईले ‘चम्किए तरुनी’ गीत सार्बजनिक गरेकी हुन् ।
मायाँ प्रमेका कथा बस्तुहरुसँगै आखा लगाउँदा तरुनी चम्कीएका र गीत गाउँदा मादल गम्कीएका कथा बस्तुहरु गीतमा रहेको गायिका भट्टराईले बताइन् । मस्त जवानी वढेका तरुनीहरु झ्याप्प नजर लाउदा चम्कीएका कथा बस्तु गीतमा उल्ले गरिएको छ ।
शिलु भट्टराई र खुमन अधिकारीको स्वर रहेको गीतको शब्द रमेश बीसीको रहेको छ । गायक खुमन अधिकारीको लय रहेको गीत आशीष म्यूजिक प्रालिले बजारमा ल्याएको हो । जेम्स बीसी र लोसिया एमसीले अभिनय गरेको सो गीतको निर्देशन क्रान्ति केसीले गरेका हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend