logo
  • शनिबार, साउन ३० २०८३

नेपाली विधार्थीद्वारा भारतमा आर्थिक गोष्ठी सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अर्जुन खनाल, नयाँ दिल्ली भारत आषाढ १३।
भारतको राजधानी दिल्लिको लक्ष्मीनगरमा रही सि.ए. अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको गैर राजनैतिक संगठन हातेमालो नेपाली विद्यार्थी समूहले आइतबार अर्थात २६ जुनका दिन आर्थिक गोष्ठी सम्पन्न गरेको छ ।
received_1117920401583446
कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासबाट कर्यवाहाक राजदुत कृष्ण प्रसाद ढकाल आउने भने पनि कार्यक्रममा उपस्थित हुन सकेका थिएनन ।विशिष्ट अतिथिको रुपमा नि.का.शा. अफ एन.आई.आर.सी. प्रमुख सिए राजेन्द्र आरोरा र ग्राण्ड र्थोटन पार्टनर रहनुभएको थियो भने अतिथिहरुमा सी.ए प्राध्यापकहरु, मैत्री संघ संस्थाका प्रतिनिधिहरु ,पत्रकार ,बुद्दिजिवी ,समाजसेवीको पनि उपस्थित देखिन्थ्यो ।
received_1117920434916776
देशविकासको मुख्य जड भनेकै देशको आर्थिक संरचना हो, देशको अर्थतन्त्र सबल रुपमा स्थापित नभएसम्म देशविकासका काम तथा कारवाहीहरु कायापलट हुनै सक्दैनन, अझ हामी त सी.ए. क्षेत्रका विद्यार्थी, सम्पूर्णलाई देशको आर्थिक अवस्थाप्रति जागरुक र संवेदनशील बनाउने हाम्रो मुख्य अभिप्राय नै हो त्यसैले हरेक वर्ष आर्थिक गोष्ठी आयोजना गर्दै आएका छौ हातेमालोका अध्यक्ष सुनिल बूढाथोकी बताउछन ।

received_1117920441583442 उक्त कार्यक्रममा सी.ए. अध्यानरत विद्यार्थीहरु बर्षा दुलाल, विशाल भट्टराई, सुवास अर्याल, दिपेन्द्र पौडेल, प्रवीन काफ्ले, सुवास ढकुरी, प्रदीप सागर रोकय लगायतले विभिन्न आर्थिक पक्षका विभिन्न क्षेत्रहरु जस्तै आधुनिक खेतीपाती, देशका पूवाधारहरु, आर्थिक संकलन तथा उचीत सदूपयोग, पर्यटनको विकास, विनिमय कारोवार, आदि क्षेत्रमा आ–आफ्नो प्रस्तुति र विचारहरु समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष सुनिल बुडाथोकीको सभापतित्व, केन्द्रीय सदस्य महेशराज पाठक तथा संस्थाकै आर्थिक सन्दर्भ छलफल फोरमका सञ्चालक मधु खनालको सञ्चालनमा ट्पर्स ईन्स्टिच्युटमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend