साझा नेटवर्क
सरगम तिलक मगर ।
असार महिना लागे सँगै नयाँ नयाँ तिजका गितहरु सार्वजनिक भइरहेका छन । यसो त तिज आउन अझ केहि समय बाँकी छ तर गित संगीतमा भने तिज लागि सकेको छ ।
यसै अवसरमा नयाँ गित “तिम्री छोरी नक्कले” भर्खर मात्र सार्वजनिक भएको छ । समाजमा भएको विकृति लाई विषयबस्तु बनाइएको सो गितमा म्युजिक भिडियो भने केहि उत्ताउले बनाइएको छ जसको धेरै दर्शकले आलोचना समेत गरेका छन ।
लोकप्रिय सर्जक गणेश अधिकारीको लय तथा शव्द सिर्जना रहेको सो गितमा शान्ता परियार, अर्जुन कुँवर र एलिना गौतमको आवाज सुन्न सकिन्छ । गितलाई स्मृति तिमिल्सीनाले म्युजिक भिडियो निर्देशन गरेकी छन ।
योग्सना डिजिटलले बजार व्यवस्थापन गरेको सो गितमा अर्जुन कुँवर,पल्पसा डंगोल लगाएतका अन्य कलाकारहरुको अभिनय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend