साझा नेटवर्क
बिजय कुमार मगर, कतार ।
“आजको थोपा थोपा बचत—भोलिको सुनौलो भबिस्यको वलियो आधार “ भन्ने मुल नाराको साथ नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको नेपाल प्रवासी मगर बचत कोष, कतारको दोस्रो साधारण भेला यही मिति २०१६ जुन २४ तारिकका दिन मा मगर बचत कोषका अध्यक्ष केशव राना मगरको सभापतित्वमा, नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको प्रमुख अतिथिमा नज्माको अल नक्यान रेस्टुरेन्टमा सप्पन्न भयो ।

उक्त भेलामा बिशेष अतिथिहरुमा केन्द्रिय समितिका प्रमुख सल्लाहकार भिम तरामु मगर, मगर बचत कोषका निर्वतमान अध्यक्ष तथा नेपाल मगर संघ, शाखा कतारका द्धितिय उपाध्यक्ष लिलम्बर चिदी मगर हुनुहुन्थ्यो भने अतिथिहरु मा नेपाल मगर संघ, शाखा कतारका सल्लाहकार सदस्य जनक थापा मगर, केन्द्रिय समितिका प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगर, महिला बिभाग संयोजक इशोरा थापा मगर , महिला सदस्य खगी पुन मगर, कला तथा सास्कृतिक बिभागका सचीव सोम थापा मगर, सनैया “ए“ एरिया समितिका सचिब रेशम आले मगर, दोहा एरिया समितिका कोषाध्यक्ष अशोक आले मगर, वक्रा एरिया समितिका सदस्य दिल मगर र मानार्थ सदस्यहरु टेक रसाइली, कन्चन राई , माइली माया वाइवा र रोशिका लामा थिए भने आजिवन सदस्यहरु भिम थापा मगर, भविन्द्र थापा मगर तथा बचतकोषका वचत सदस्यहरुको वाक्लो उपस्थितिमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन बचत कोषका सचीव बिजय मगरले गरेका थिए ।
कार्यक्रममा सभापति , प्रमुख अतिथी , विशेष अतिथि र अथितिहरु बाट ब्यानर आवरण र द्धिप प्रज्जलन गरेरे सुरु गरिएको थियो । कार्यक्रममा नेपालको राष्ट्रिय गित, मगर रास्ट्रिय गीत, प्रथम शहिद लखन थापा मगर र अन्य ज्ञात अज्ञात शहिद हरुको सम्झनामा एक मिनेट मौनधारणा गरिएको थियो । कार्यक्रममा बचत कोषका उपाध्यक्ष केशव घर्ती मगरले कार्यक्रमको वारेमा जानकारी दिनु हुँदै उपस्तिथि सम्पुर्ण अतिथि महानुभावहरुलाई स्वागत मन्तब्यद्धारा स्वागत गर्नुभयो ।
कार्यक्रममा उपस्तिथि भएका अतिथिहरु सनैया “ए“ एरिया समितिका सचीव रेशम आले मगर, महिला बिभाग संयोजक इशोरा थापा मगर, कला तथा संस्कृतिक बिभागका सचीव सोम थापा मगर, प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगर र बिशेष अतिथिहरु प्रमुख सल्लाहकार भिम तरामु मगर र लिलम्बर चिदी मगरले कार्यक्रम को पुर्ण सफलताको शुभकामना दिनुभयो । साथै प्रमुख अतिथि नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरले बचतको स्थापना भए देखि हाल सम्मको बचत कोषको बरेमा जानकारी गराउनु भयो । सन् २०११ देखि ९ जना सदस्यहरु बाट सञ्चालन भएको र वचत कोषले सामुहिक लगानीमा निकट भविष्यमा सामुहिक लगानी गर्ने तैयारी रहेको जानकारी दिनु भयो । बचत कोषले आजको दिन सम्म आई पुग्नमा सहयोग गर्नु हुने वचत सदस्यहरु तथा कार्य समितिका पदाधिकारीहरुलाई धन्यवाद दिंदै कार्यक्रमको सफलता को शुभकामना ब्यक्त गर्नु भयो ।
भेलामा बचत कोषको निर्र्दे्शिका २०११(संशोधन२०१५) लाई निर्देशिका संसोधन समितिका संयोजक रबिन मगर बाट संसोधित निर्दे्शिका २०१६ प्रस्तुत गर्नुभएको थियो भने, सचीव बिजय मगर बाट बचत कोषको सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष अभिमत पुन मगर बाट आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेन तथा निर्देशिकालाई सामान्य संशोधन गरी उपस्तिथ सम्पुर्ण सदस्यहरुवाट पारित गरि नेपाल मगर संघ, शाखा कतारको आगामीे २०१६ जुलाई १ तारिखमा हुन गैरहेको “पाचौं मगर रास्ट्रीय भेला तथा १६औं वार्षिकोत्सब” मा अनुमोदन का लागि प्रस्तुत गरिने छ ।
अन्त्यमा, कार्यक्रमका सभापति केशव राना मगरले बचत कोषको दोस्रो साधारण भेला सफल पार्ने सम्पुर्ण सहयोगी र उपस्तिथ हुनु भएका प्रमुख अतिथि, विशेष अतिथिहरु, अतिथिहरु, बचतकर्ताहरु, कलाकार र अन्य उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend