logo
  • शनिबार, साउन ३० २०८३

निकै हर्ष र उत्साहका साथ राईको बिदाइ कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

रोल्पा, असार १३ ।
लुङ्ग्री रोल्पा रमाइलो अनलाईन रोधीघरले सुष्मा राईको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । अाफ्नो जन्मथलो नेपाल छोडि बैदेशिक रोजगारको शिलशिलामा कुबेतमा रहि यसै लुङ्ग्री रोल्पा रमाइलो अनलाइन रोधीघरमा अाबद्ध रहि कोषाध्यक्ष पद निभाउदै अाउनुभएकी सुष्मा राईको एक विशेष कार्यक्रम गरि बिदाई गरिएको छ ।उक्त कार्यक्रम यसै लुङ्ग्री रोल्पा रमाइलो अनलाइन रोधीघरको प्राङ्गणमा सम्पन्न गरिएको थियो । कार्यक्रम अबधिभर गाउने कलाकार मित्रहरूलाई स्थगित गरि बेलुन उडाएर कार्यक्रम को सोभा बढाउन अनुरोध गरे लगतै कार्यक्रम झनै रमाइलो भएको थियो।

उक्त बिदाई कार्यक्रम लुङ्ग्री रोल्पा रमाइलो अनलाइन रोधीघरको संचालक जे बि बिष्टले नेपाली राष्ट्रिय गानसंगै उट्घाटन गर्नुभएको थियो भने कार्यक्रमको संचालन विपना क्षेत्रीले गर्नुभएको थियो ।

बिधाई कार्यक्रममा भुपेन्द्र रसाइली, सागर बिष्ट, ज्ञानु गुरुङ, कृष्णा क्षेत्री, भिमा के सी, सुमना थापा, सिया क्षेत्री, जानुका मगर, सुनिल क्षेत्री लगायतका बक्ताहरुले मन्तव्य राख्नु भएको थियो।

मन्त्व्य राख्दै बक्ता हरुले सुस्मा राईको कुबेत देखि नेपालको यात्रा सहज र सरल होस भन्दै शुभयात्राका शुभकामना दिएका थिए भने फेरि पनि यसै अनलाइन रोधीघरलाई सम्झिएर अाउन माया नमार्न पनि कोषाध्यक्ष सुष्मा राईला जानकारी गराएका थिए।

कार्यक्रममा यश रोधी स्थापना देखि नै सुष्मा राईले कोषाध्यक्ष पद सम्हालेर अाफ्नो कला र गलाको प्रस्पोटन गरि अनलाइन रोधिघरलाई रमाइलो बनाउदै अाएकि थिईन । उनको कला र गलाको कदर र सुष्मा ले यश रोधीघरलाई धेरै टेवा पुर्याएको गर्भ गर्दै उहालाई बिदाई कार्यक्रम मै सम्मान पत्र, प्रमाणपत्र, मायाको चिनो र शुभयात्राको शुभकामना पत्र समेट प्रदान गरिएको थियो।

राईले अाफ्नो मन्तब्य राख्दै भन्नुभयो अनलाइन रोधी भनेको सबैको साझा चौतारी हो जहाँ जो कोही पनि रमाउन दुख पिडाका बिलौना पोख्न सक्छ त्यसैले म पनि हजुरहरुसंग सहयात्रा गर्दै रम्दै अनि रमाउदा निकै राम्रो लागेको थियो तर पनि म केही दिनको लागि टाढा जादैछु ।

म नेपाल पुगे लगत्तै हजुरहरुसंग सहयात्रा गर्न रम्न अनि रमाउन अाउने छु अहिले सम्म जति मायाँ पाएको छु मायाँ त्यो भन्दा पनि अझै बढी माया पाउनेछु भन्ने पुर्ण अाशा गरेकी छु।

यश अनलाइन रोधि घरलाई फलाउन र फुलाउन तपाईं हामी सबैको रेखदेख हुनुपर्छ हजुरहरुको यो अनलाइन रोधिघरले सफलताको शिखर चुमोस शुभकाना भन्दै अाफ्नो मन्त्व्य राखेकी थिईन ।

कार्यक्रमको समापन लुङ्ग्री रोल्पा रमाइलो अनलाइन रोधीघरको अध्यक्ष भुपेन्द्र रसाइली ले गर्नुभएको त्यहाँबाट जे बि बिष्टले जानकारी दिएका छन।

प्रकाशित मिति : १३ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend