logo
  • शनिबार, साउन ३० २०८३

मगर संघले राष्ट्रिय मगर भेला तथा वार्षिक उत्सव एकैसाथ मनाउने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बिजय कुमार मगर, कतार आषाढ १२ ।
नेपाल मगर संघ, शाखा कतारले पुर्व देखि पश्चिम सम्मका मगरहरु नेपालवाट आफ्नो कर्म थलो बनाई कतारमा रोजगारीको शिलशिलामा कतारमा आएका मगरहरुले पनि आफ्नो मगर जातिको भाषा, लिपी, धर्म, संस्कृति, परम्परा जस्ता मगरहरुको पहिचान दिने कुराहरुको संरक्षण र संबद्र्धन गर्दै प्रवासबाटै भएपनि आफ्नो हक अधिकारको लागी यथासक्दो प्रयास गर्ने उद्देश्यले सन् २००० जून ३० (२०५७ अषाढ १६ गते) तारिखका दिन “सम्पूर्ण मगरहरुको एकता—अहिलेको आवश्यकता” भन्ने मूल नाराको साथमा म्याग्दीका रविन पुनमगरज्युको नेतृत्वमा “मगर सेवा संघ, कतार” स्थापना भएको थियो ।
magar logo

यस संघको पाचौ साधारण सभा वाट साधारण सभालाई अधिवेशन भन्ने, प्रत्येक १ वर्षको कार्य अवधिलाई २ वर्ष वनाउने र संघको नाम पनि “मगर सेवा संघ,कतार” वाट नाम परिवर्तन गरी “नेपाल प्रवासी मगर संघ, दोहा कतार” राखिएको थियो । यस संघको १६औं बसन्त पार गरि रहंदा अहिले सम्म यस संघको एघारौं कार्य समिति चलिरहेको छ । नेपाल मगर संघ, केन्द्रिय समिति काठमाण्डौं वाट १ मार्च २०१५ देखि वैदेशिक शाखाको मान्यता पाएको र उक्त वर्षमा ऐतिहांसिक पहिलो महाधिवेशन गर्न सफल भएको थियो । उक्त महाधिवेशनवाट यस संस्थाको नाम परिवर्तन गरि “नेपाल मगर संघ, शाखा कतार” अंग्रेजीमा “Nepal Magar Association, Qatar Chapter” राखिएको थियो ।

यस संघको प्रत्येक कार्यकालको मध्यवधिमा मगर भेला गराउने गरिन्छ । यस वर्ष पनि संघका प्रथम उपाध्यक्ष शेर ब.रोका मगरको संयोजकत्वमा नज्माको नक्यायन रेष्टुरेण्टमा जुलाई तारिख २०१६ का दिन “आफ्नो भाषा, लिपि, धर्म तथा संस्कृतिको संरक्षण सम्बद्र्घन, मगरहरुको शान आत्मनिर्णयको अधिकार तथा जातिय पहिचान सहितको मगराँत स्वायत्त प्रदेश, हाम्रो अभियान ।” भन्ने नाराको साथमा “पांचौं राष्ट्रिय मगर भेला तथा १६ औं वार्षिक उत्सव” भब्य रुपमा विविध सांस्कृतिक कार्यक्रमहरुको साथमा मनाउन गैरहेको छ ।

मगर भेलाको लागी संपुर्ण तैयारी पुरा भई सकेको जानकारी कार्यक्रम संयोजक शेर ब.रोका मगरले बताउनु भयो । उक्त भेलामा दोहा कतारमा रहेका मगर दाजुभाई तथा दिदिवहिनीहरुलाई उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनहुन का लागी हार्दिक अनुरोध गरिन्छ । हाल सम्म यस संघको मातहतमा ९ वटा एरिया समितिहरु, ८ वटा विभागहरु, नेपाल प्रवासी मगर वचत कोष, कतार, राहत कोष समिति चालु अवस्थामा रहेको छ भने संघको सुचना प्रवाहका लागी फेसवुक पेज रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend