logo
  • शनिबार, साउन ३० २०८३

अनेमुस कतार द्वारा तेक्वान्दो खेलाडीलाई सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, कतार  ।
अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक रोशन खानको नेतृत्वमा नेपालबाट कतारको केज क्लबको विशेष निमन्त्रणामा आएको आठ सदस्य प्रतिनिधि मण्डललाई सफलता पुर्वक प्रशिक्षण पूरा गरेकोमा सम्मान पत्र सहित सम्मान एवं स्वदेश फर्कन लागेकोमा बिदाइ गरेको छ।अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्वमा संचालित कार्यक्रममा अन्तर्राष्ट्रिय संयोजक प्रोफेसर मोहम्मद रमजान अलि मिया प्रमुख अतिथित्वमा कार्यक्रमका विशेष अतिथि एवं नेपाली समाजका बुद्धिजीवी अब्दुल हफिज मियाँ  ले यस प्रकारको कार्यक्रमले खेलाडी हरुमा हैसला प्रदान गरेको र नेपालबाट कतार आइ प्रशिक्षण लिनाले तेक्वान्दो खेलको छेत्रको बिकासमा थप उर्जा मिल्ने बताए ।अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक रोशन खानले आफूहरुले कतारमा आइ खेल्न पाएको र कतारी खेलाडीहरु सङ्ग ट्रेडिङ गर्न पाउनु एउटा ठुलो अवसर रहेको बताए। सिमित स्रोत साधनमा प्रशिक्षण गर्न पाउनु र अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजले आफूहरुको भुमिकाको उच्च मुल्यांकन गरेकोमा धन्यवाद दिदै अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको तर्फबाट सम्मानित हुँदा निकै हर्षित भएको र आफू अ आफ्नो टिमले यस बारे नेपाल ओलम्पिक कमिटीलाई पनि जानकारी गराउने बताएका छन् टिमका उप प्रशिक्षक नसिर मियाँले सम्मानबाट आफू निकै प्राभवित भै समाज प्रती ऋणी समेत भएको बताए।समाजका उपाध्यक्ष करिम मियाँले संचालित कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अन्तर्राष्ट्रिय संयोजक प्रोफेसर रमजान अलि मियाँले बिश्वको बर्तमान परिवेशमा कतारले आफुलाई  खेलको माध्यम बाट विश्व सामु चिनाउदै आफ्नो विशेष पहिचान बनाएकोले नेपालले पनि तेक्वान्दो खेल लगायत अन्य खेललाई  राज्यले विशेष स्थान दिदै खेलकुदको बिकासमा ध्यान दिन सुझाव दिएका छन् । कतारको भिजन २०३० मा पनि कतारले खेल लाई प्राथमिकतामा राखेको र नेपाली खेल जगतले पनि कतार सङ्ग सहकार्य गर्न सके नेपाली खेलजगतको बिकासमा ठुलै सहयोग पुग्ने बताए ।समाजका सल्लाहकार इन्जिनियर तैयिबले अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको स्थापना नै नेपाल कतार बिच रहेको सम्बन्ध बिकासमा सेतुको काम गर्न नै भएको बताए र प्रशिक्षक रोशन खानले नेपाल लाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन खेलेको भुमिकाको खेलेर प्रसंशा गरे। कार्यक्रममा जापानमा सम्पन्न डब्लु टि ए च्याम्पियन शिपका तेस्रो स्थानका पदक बिजेता काशिफ  मियाँलाई  पनि कदर पत्र प्रदान गरिएको थियोे ।

उनका बाबू करिम मियाँले ग्रहण गरेका थिए । कार्यक्रमका सभापति अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले आफू र आफ्नो संस्थाले अन्तर्राष्ट्रिय खेलाडी हरुलाई  सम्मान गर्न पाउँदा अत्यन्तै  हर्षित  भएको र आगामी दिनहरुमा पनि खेल र खेलाडी लाई सहयोग गर्न आफ्नो समाजले कुनै कसर बाकी  नराख्ने  बताए ।

शेख जाकिर हुसैन ज्युको कुरआन पाठ बाट शुरु भएको कार्यक्रममा राष्ट्रिय  गान पछि स्वागत मन्तव्य समाजका अध्यक्ष  मोहम्मद मुक्तदा मुसलमानले दिएका  थियोे।

प्रकाशित मिति : २० जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend