logo
  • शनिबार, साउन ३० २०८३

मौलिक लय सिर्जनामा ”मलाई छोडी“


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमान्डौ ।
नेपाली साङ्गेतिक क्षेत्रमा जिवनका भोगाईका तिता अनुभवलाई समेटेर बजारमा मौलिक लोक लयमा आधारित गीत बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहको छ । सुसेली म्युजिक प्रालीको प्रस्तुतिमा सुशिला सुनार राईको लोकदोहोरी गीत ”मलाई छोडी“ गीतमा गायक नविन विरही श्रेष्ठ र शुशिला सुनार राईको आवाज रहेको छ ।

विछोडको बेदनालाई भावनात्मक रुपमा समेटिएको गीतमा आफनी प्रेमिकालाई बाध्यताले छोड्नु परेको कुरा उल्लेख गरेका छन । गीतमा नविन विरही श्रेष्ठको शब्द सिर्जना तथा मौलिक लय सिर्जना रहेको छ । गीतको भिडियोलाई अरुन कुमार सुनारले छायाँकन गरेका छन ।

“मलाई छोडि” भिडियोमा आशा खड्का र विकाश श्रेष्ठको अभिनय रहेको छ । गीतको भिडियोलाई प्रेम कुमार थारुले सम्पादन गरेका छन । मौलिक पनलाई सार्थक हुने किसिमबाट भिडियोलाई सन्तोष पौडेल ले निर्देशन गरेका छन ।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend