साझा नेटवर्क
सुर्य चन्द, काठमाडौं ।
पछिल्लो समय एक पछि अर्को हिट गीतहरु सांगीतिक बजारमा पस्केर चर्चित बनेका गायक ध्रुब बिस्को तथा नायिकाबाट गायिकाको परिचयमा पनि आफूलाई स्थापित गर्न लागेकी सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कन्फ्यूजन’ सार्वजनिक भएको छ ।
अभिनाश थापाको शब्द, गायक ध्रुव बिस्को र गायिका सारिका घिमिरेको स्वर रहेको यस गीतमा संगीतकार भीम विसीको कम्पोज रहेको छ । चपुर हिरोज क्रियु र केबिकाको अभिनयले गीतको भिडियो राम्रो बनेको छ ।
राज खत्रीको निर्देशन रहेको गीतको भिडियोलाई जनकराज अधिकारीको छायाँकन गरेका हुन् । गीतको भिडियोमा चपुर हिरोज क्रियुको र केबिका खत्रीका साथै ध्रुब र सारिकालाई फिचरिङ गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend