साझा नेटवर्क
साझा नेटवर्क, बुटवल जेठ २ ।
अविरल फिल्म्सको प्रस्तुतिमा लोक दोहोरि गीत ” माझी दाइ ” आझै मात्रै युटुबमा सार्बजनिक भएको छ । यस भन्दा पहिले आधा दर्जन भन्दा बढी गीत बजारमा ल्याएर दर्शकको मन जितिसकेका गायक बिशाल बास्तोलाको यो पछिल्लो कोशेली हो । टिका पुन र बिशाल बास्तोलाको स्वर रहेको गीतमा लय पनि स्वयम् बास्तोलालेनै दिएका छन् भने शब्द राजु चौलागाईको रहेको छ ।
अविरल फिल्म्सले दृश्य निर्माण तथा बजार ब्यबस्थापन गरेको भिडियोको निर्देशन बिष्णु भट्टराईले गरेका छन् भने सगुन शर्माको श्रीन्गार रहेको छ । बुटवलको रमणीय स्थान फुलबारी र भलवारीमा छायांकन गरिएको भिडियोमा प्रदिप, ममता र कोपिलाको अभिनय तथा नृत्य देख्न सकिन्छ ।
हेरौ भिडियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend