साझा नेटवर्क
साझा नेटवर्क, आषाढ ०९ ।
लामो समय देखि अष्ट्रेलिया बस्दै आएका गायक ईश्वर पोखरेलले अर्को नयाँ गित “तिमी जुन गहिराईमा छौ” सार्बजनिक गरेका छन्।
झन्डै १५ बर्षको लामो सांगीतिक यात्रामा दुई दर्जन भन्दा बढि गित गाईसकेका पोखरेलले दुई वटा एकल एल्बम निकाली सकेका छन । “काली मोरी”,”रातो रीबन” र “मैले झैँ मर्ने बारे सोँच्छेउ होला यदि म तिमी सँग भैन भने” जस्ता चर्चित गितहरूबाट दर्शक स्रोताहरूको मन जित्न सफल गायक परिवार संगैअष्ट्रेलियाको सिड्नीमा बस्दै आईरहेका छन् ।
गायक पोखरेललाई “तिमी जुन गहिराई मा छौ” भन्ने गितमा गायीका सुमिना सिङ्गले साथ दिएकी छन भने यस गितलाई गीतकार कोमल मल्लले लेखेका हुन । हरि लम्सालको संगीतमा रहेको सो गितको निर्देशन राजिब भुसालले गरेका हुन् भने सो गीतको छायांकन अष्ट्रेलिया मै गरिएको छ ।
गायक पोखरेल उनकी पत्नी अमृता तथा छोरीहरु आरुशी र आरोहीको अभिनय देख्न सकिन्छ । गितमा बुबा आमाले आफ्ना सन्तान प्रति गर्ने निस्वार्थ मायालाई दर्शाईएको छ । २००९ मा अष्ट्रेलिया पुगेका पोखरेल प्रवासमा रहेर पनि संगित क्षेत्रमा निरन्तर अगाडि बढिरहेका छन । समाज सेवा देखि सांस्कृतिक कार्यक्रममा आफ्नो सकिृय भएर सहभागिता जनाउने गर्दछन्।
भिडियो हेर्नुस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend