साझा नेटवर्क
-सुश्पा भुजेल “आस्था “।
मलाइ थाहा थिएन हिजो के थियो भन्ने तर हिजो भन्ने शब्द पनि ओकालत गर्न सकिन्छ । बर्तमान हामिसंगै हुन्छ तर बिताएका दिन केवल हाम्रो स्मरणमा मात्र हुने गर्दछन । किनकी आजको ब्यस्तताले भरिपुर्ण अभावै अभावको दुनियामा आफ्नो बर्तमानसंग कोहि खुसी एवं सन्तुष्ट पाइदैनं शायद त्यसैले पनि होला सबैलाइ आफ्नो बिगत जे जस्तो नै भएपनी प्यारो नै लाग्ने गर्दछ ।
बर्तमानमा हामी जे गर्दैछौ या जुन पाइला हामी चालिरहेका हुन्छौं त्यसको पनि अडिने स्थान यहि हो भनेर भन्न सकिदैंन कहिले आफैले चाहेर होस या नचाहेरै ति पाइलाहरु कुन दिशातर्फ मोडिन्छन ग्यारेन्टी हुँदैन भने झन भबिस्यको त कुरै छाडौं जस्को हामी कल्पना बाहेक केहि गर्नै सक्दैनौं । हो त्यहि परिवेशको एक पत्र भन्ने शव्द मैले “उनि” सम्बोधन गर्न चाहें । मलाइ जसरी यो शब्द अनौठो लागेको छ । शायद त्यसैगरी तपाइ पाठकलाइ पनि लाग्न सक्छ किन “उनि” ? के अरु सम्बोधन गर्न सकिदैनथ्यो र ? भन्ने ।
लेख्नला जव कलम समाएं धेरै बेर आफ्नै मनमा अन्तरद्वन्द चलिरह्यो र अन्तत यहि शब्द नै उत्तम लाग्यो र लेख्ने निश्च्य गरें यदि यो शब्दले सार्थकता पाएमा अवश्य अर्को शब्द बन्ने छ । जव उनिहरु बिचको शारीरिक सम्बन्धबाट जिवनको पहिलो चरणमा म अपरिचित एक रगतको डल्लो थिएं जस्को कुनै आकार-प्रकार केहि थिएन बिस्तारै त्यो डल्लोबाट बढ्दै रातपछि दिन अनि दिनपछि रात हुँदै उनिको गर्भ मै आकार लिदै गयो ।
दिन, हप्ता, महिना, गर्दै करिव नौ महिना बिताउदैं त्यहा बाट बाहिर निस्कदैं यो रंगिचंगी संसारमा पाइला टेक्न पुगें । तव तिनै उनिलाइ मैले रुदैं आमा भन्ने सम्बोधन गरें । म कल्पना समेत गर्न सक्दिन जुन मेरो आमाको पेटमा रहदां कति पिडा दिएं होला ? दुख दिएं होला ? कति गाह्रो भयो होला ? अझै मलाइ आफ्नो गर्भबाट यो धर्तिमा उतार्ने बेला कति असह्य दुखाइले छट्पटीन पुग्नु भयो होला ? मृत्युको मुखबाट संघर्ष गर्दै मलाइ जन्मदिनु भयो होला ।
त्यसपछिका दिन जतिबेला सम्म म बेजुवान या भनौं बोल्न नसक्ने थिएं कति गाह्रो भयो होला मेरो रुवाइबाट नै मलाइ भोक,निद्रा,प्यास, जाडो,गर्मी र रोग लागेको पत्ता लगाउन । उहाँसंग मलाइ मात्र समाउने जिम्मेवारी कहाँ थियो र, घरब्यबहार एकातिर, मभन्दा पहिला त्यही कोखबाट जन्मिएका दिदि र दुइ दाजुको स्याहार खेतिपाती सबै सम्हाल्नु पर्थ्यो नै त्यसबाहेक पनि घर परिवारमा आइपर्ने रोग,भोक,सोक,असिक्षा अनि गरीबीले सताएको बेला पनि सम्हाल्नु पर्थ्यो आमाले हामिलाइ ।
आज बिभिन्न ब्यब्स्था परिवर्तन हुँदासम्म पनि देशको प्रमुख आय-आर्जनको स्रोत नै बैदेशिक रोजगार भएको हाम्रो देशमा त्यो बेला ब्याप्त असिक्षा र बेरोजगारीले गर्दा बुबालाइ हाम्रो भबिस्यको चिन्ताले मुग्लानी बनायो । सायद यो हाम्रो मात्र नभई हाम्रो जस्तो बहुसंख्यक निम्न आय भएका नेपाली परिवारको अवस्था यहि नै हो हामी बाल्यकालमा बुबाको काखमा खेल्न त परै जाओस उहाँको एक झल्को पाउन पनि दशै तिहार आउनु पर्थ्यो । उहाले चाहेर पनि समय र परिस्थितिले हामिलाइ भुगोलको दुइ किनारा बनाइ राख्यो ।
अब यति भनी सक्दा सहजै अनुमान लगाउन सकिन्छ कि हामिलाइ यहाँ सम्म ल्याउन कस्को भुमिका रहेको थियो त्यो यहाँ उल्लेख गर्नु नपर्ला , म सदैब त्यो भुमिका निभाउने तिनै “उनि” प्रती लाखौ सल्युट टक्र्याउदछुं । जस्को गर्भमा नौ महिना पौडी खेल्यौं,जहाँ रगतको पोखरिमा जस्ले मृत्युुसंग लडेर हामिलाइ बिजयी गरार, आफुमाथी आइपरेका लाखौं दुख पचाएर हामिलाइ आफ्नो प्राण बनाएर हामिलाइ यहाँ सम्म ल्याइपुर्याय आज दुनियाको अघि उभिन सक्ने बनाए । मैले कहिल्यै पनि पछाडि या मलाइ जन्माउने उनिलाइ कस्तो भयो ? आफ्नो सन्तान या मबाट केकुराको अपेक्षा गर्नु भएको होला भनेर कहिले पनि सोध्न सकिन ।
बुबा-आमा के कुराको आव्श्यकता छ ?आज पनि त्यही रोग,सोक, भोकमा के गर्नुपर्छ सोध्न सकिन । हिजों मेरो रुन्चे स्वरबाट रोग,भोक र सोक बुझ्ने र ति कुराकै ब्यब्स्थापनको लागी आफ्नो जन्मभुमि र आफन्तबाट कोसौं टाढा जान बाध्य बुबालाइ आज आवश्यकता पर्दा सेवा गर्न सकिरहेको छैन । उहाँहरुले आफुलाइ रोग लाग्दा उपचार गर, खाइ नखाइ तिमिहरुलाइ भनेर जोडेको सम्पत्ति आज बाझैं भयो सम्हाल, बिरामी पर्दा तातो पानी समेत तताउने मान्छे छैन साथमा भनेर हार-गुहार गर्दा पनि ति आवाजको बतास कहिल्यै कानमा लाग्न दिइन बरु उल्टै उनिलाइ नै दोष दिइरहें ।किनकी मैले आफ्नो कर्तव्य भुल्दै गए। मैले मेरो आमाको कोखबाट मेरो जन्म भएको कुरा नै मलाइ अनुभुती भएन ।
म उनिहरुकै सन्तान हुं भन्ने मेरो नैतिकता नै रहेन जहाँ म आधुनिकिकरण हुँदै गय मेरि आमाले लगाएको फरिया र बुबाले लगाएको स्टाकोट मलाइ मन पर्दैनथ्यो । रातदिन घांस,दाउरा, मेला-पात गर्दा चरचरी चर्केका पैताला देख्दा मलाइ घिन लाग्थ्यो, उनले रगत र पसिनाले सिचेंको जमिनमा खेती गर्नु मेरो लागी बुजुर्वा र पाखेपनको कुरा थियो । उनिहरुले मेरो भलाइको लागी दिएको अर्ति हरुप्रती मलाइ रिस उठ्थ्यो र म भन्थें अब बुझ्ने भैसके दुनिया धेरै बद्लिसकेको छ किनकी म आधुनिकतामा रमाउदैं थिए ।
मेरो दृस्ठिकोणमा दिनभर खेतवारी मा परिश्रम गर्ने होइन हातमा फरुवाको पातो जत्रो मोबाइल बोक्नु, ऋण नै गरेर भएनी दुइ-चार हजार खल्तिमा बोक्दै नंया नयाँ साथी बनाउनु अनि आफ्नो खेत बारी बाझैं राख्दै अर्का को मा गएर आहा भन्दै सेल्फी खिच्नु नै मेरो नजरमा आधुनिकीकरण थियो। हुदाहुदै त्यही आधुनिकीकरणले मलाइ डुब्न लागेका डांडाका जुन जस्ता मेरा बृद्धअबश्थामा रहेका बुबा-आमाको बोलि व्यबहार,आचरण, रहनसहन मन नपर्ने हुदा हुँदा उनुहरु नै मन नपर्ने हुन थाल्यो । माया ममता, सद्भाव, प्रेम,स्नेह सबै दोहोरो हुनुपर्छ तर आजसम्म मैले मेरा बुबा-आमाप्रतिको कर्तव्य निर्वाह गर्न सकिन ।
हो मेरो लागी उहाँले कैयौं रात अनिदो बस्नु भयो होला , कैयौं दिन भोको पेटमा पटुकिले कस्दै हिड्नु भयो होला, मलाइ बचाउन या भनौं मेरो भोक मेटाउन आफ्नै मुखको गास समेत ओकलेर कैयौंपटक खुवाएको कुरा पनि मैले आफै देखेकै हो । मेरै खुसीको लागी आफुले फाटेको कपडामा टालो हाल्दै यता र उता फर्काउदैं लगाउने र मलाइ नयाँ लुगा किनिदिने गर्नु भयो तर म आज त्यस्को ठिक उल्टो गर्दैछु कुनकी म आधुनिकीकरणको अनुयायी हुं । कहिलेकाही आफैलाइ प्रश्न गर्दछु प्रेम(love) भन्ने त सिमित उमेरका केटाकेटीको लागी बनेको हो ।
तर एकैछिन यो आधुनिकिरणमा रुमलिएकी आस्था होइन आफैलाइ त्यही गाउलें सुस्पा बनाएर सोंच्न लाग्छु अनि पाउछुं प्रेम सुन्दा जति छोटो शब्द छ यस्को अर्थ त्यती नै गहिरो छ । यस्को कुनै मापन र अन्त्य नै छैन । तर कस्तो बिडम्बना यहि कुरा अलिकति भएनि त्यो आधुनिकता मा सोचेर संसार देखाउने आमा-बुबा प्रती देखाउन सकिन ।
शायद म अरु छोराछोरी भन्दा अलिक फरक बाटोमा मोडिएं त्यसले पनि मेरो आमा-बुबालाई केहि समय फेरि तनावमा बिताउनु पर्यो जस्को कारण उहांहरुलाइ समय दिनु त कहाँ हो कहां दुख, पिडा, दवाब, दिएं हिजो आज पनि अधिकांश समय त मेरै भबिश्य र अतितको बारेमा सोचेर मेरा आमा-बुबाको दिनरात बितेको पाउछुं । घामका तापले पगाल्न लागेको असिना जस्तो उमेरमा पनि तनाव, यातना, पिडा र कस्ट मात्रै दिइरहेकि छु त्यसैले आफ्नो जन्मप्रती मैले गर्व गर्न सक्दै सक्दिन ।
किनकी मैले समाज परिवर्तन, देश परिवर्तन, न्याय र समानता अनि स्वतन्त्रता भनेर जनताको अघि भासण गर्दै गर्दा आफ्नै बुबा आमाले भोगिरहेको पिडा सम्झन पुग्छु मैले बिभिन्न कोण र दृश्यलाइ कैद गर्दै खिचेका सेल्फि पोस्ट गर्दै गर्दा आफ्नो ढाड बांगो बनाउदैं सकि नसकी घास-दाउराको भारी अनि मलको डोको बोकेका र कोदालो चलाउदै अनि सकि-नसकी हलो समाएका बुबाको अनुहार सम्झन्छु अनि मन अमिलो पार्दै आफ्नो भासण त्यहिं अन्त्य गर्दछु ।
भनिन्छ आफु जति उचाइमा पुगे पनि चडेको पहिलो खुड्किलो भुल्नु हुँदैन ! त्यो ठिक उल्टो पो भैरहेछ । एकपटक सोच्ने गर्दछु एकैछिन कुनै सामान उठाउन पर्दा हात कटकटी खाने गर्दछ तर उनिलाइ त्यो नौ नौ महिना सम्म शरीर भित्र बोक्दा कस्तो भयो होला ? आफु भरपेट खाएर हामीलाई कहिल्यै भोकै राख्नु भयो होला ? हामीलाई दुख पर्दा कहिले हास्नु भयो होला ? म बिरामि पर्दा कहिले होस भन्दै निच मारेर आफ्नो दिनचर्यामा लाग्नु भयो होला ?
आज सबै बुझेर पनि म ठिक उल्टो गरिरहेछु । मैले गरेका हरेक कृयाकलापले झन उहालाई पिडा थप्दै छुं, व्यबहारले दिक्क पार्दैछु । आफुले किनेका एकजोडी चप्पल चुडिंदा या एकजोडी कपडा च्यातिंदा कत्ती पिडा हुन्छ यति उति परेको थियो लौन बर्बाद भो भन्दै बखान गर्दछु तर आफ्नो आत्मा जलाएर शृस्टी गरेको सम्पत्ति, बुबाआमाको रगत, आशुं र पशिनालाइ ढलको पानी सम्झने म जस्ता सन्तान कहलाइन लायक पनि छैन त्यसैले पिडा थोपर्ने मान्छे होइन पिडा बढाको छु अलिकति पनि घटेको छैन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend