साझा नेटवर्क
कृष्ण हमाल ठकुरी, बहराइन आषाढ ०८।
बहराइनको मानमा स्थित डेलमुन इन्टरनेस्नल होटेल प्रांगणमा तामाङ सेवा समाज बहराइनको आयोजनामा आगामी जुलाइ २९ तारिखका दिन हुन गइरहेको बृहत् सांगीतिक साँझ – २०१६ का लागि चर्चित गायक राजु लामा र चर्चित गायिका सुवानी मोक्तान बहराइन जाने भएका छन ।
तामाङ सेवा समाजले २०१३ मा सम्पन्न गरेको बहराइन नेपाली आइडल प्रतियोगितामा बिजय भएका सागर राई द्वारा एकल स्वर दिएको एल्बम बिमोचन र मिस नेपाली बहराइन प्रीया उप्रेती द्वारा अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । साथै सोही कार्यक्रममा सबैका रोजाइ तथा युवायुवतीका ख्यातिप्राप्त गायक राजु लामाले आफ्नो जादुमय आवाजमा मन्त्रमुग्द बनाउने छन । त्यस्तै गरि पप गायिका सुवानी मोक्तानले सोही कार्यक्रममा आफ्नो जोड्दार प्रस्तुति राख्ने छिन ।
कार्यक्रममा व्यावसायिक नृत्य निर्देशकद्वारा नृत्यमा माहिर स्थानिय कलाकारहरुलाइ विभिन्न नृत्य बिद्यामा उतार्ने भएकोले बहराइनमा यो कार्यक्रम हाल सम्मकै भिन्न अनि पृथक हुने बताइएको छ । कार्यक्रम हेर्न कसैले पनि छुटाउन नहुने संस्थाका महासचिव सोनम दोङ तामाङले साझा नेटवर्कलाई जानकारी दिए। उक्त कार्यक्रममा सम्पुर्ण बहराइनबासी नेपाली दाजुभाइ दिदिबहिनीहरु उपस्थित भइ सभ्य एबं भब्य रुपमा सफल पारिदिनु हुन संस्थाका अध्यक्ष श्रवण मिक्चन तामाङले अनुरोध गरेका छन । समग्रमा सबै तह र तप्काका दर्शकहरूलाई समेटेर कलाकारहरु ल्याएको हुनाले यसपटक बहराइनमा तामाङ सेवा समाजको कार्यक्रम विशेष हुने आयोजकले बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend