साझा नेटवर्क
रजिस्मा केसी, नयाँ दिल्ली भारत आषाढ ७।
प्रवासको नयाँ दिल्लीमा क्रियाशील गैर राजनितिक तथा गैर नाफामुलक संस्था गुल्मी-भुर्तुङ्ग सम्पर्क समिति (भारत) र नेपाली देशभक्त आवाजले नयाँ दिल्ली स्थित नेपाल आवाजको हलमा संयुक्त प्रशिक्षण कार्यक्रम भब्यताका साथ सम्पन्न गरेका छन ।
नेपाल वान टेलिभिजनका समाचार बाचक ईन्द्र कमल जैरु र नेपाल आवाज दैनिकका डेक्स प्रमुख गोबिन्द पोख्रेल प्रमुख प्रशिक्षक रहेको उक्त कार्यक्रमको अध्यक्षता गुल्मी – भुर्तुङ्ग सम्पर्क समिति (भारत)का अध्यक्ष टिका बहादुर कार्कीले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सदस्यहरुलाई प्रशिक्षण दिदै प्रमुख प्रशिक्षक जैरुले क्यामेराको अगाडी प्रस्तुत गर्नुपर्ने भुमिकाको बारेमा प्रस्टाउनु भएको थियो। “क्यामेराको अगाड़ी जानु भन्दा पहिले ऐनालाई क्यामेरा मानेर ऐनाको अगाडी भाषणको नक्कल गर्नुहोला “उपस्थित सदस्य हरुलाई सम्झाउदै जैरुले भन्नु भयो ।
कार्यक्रममा प्रशिक्षकको रुपमा बोलेका नेपाल आवाज दैनिक तथा न्युज अभियान डट कमका भारत प्रमुख तथा नेपाल पत्रकार महासंघ भारत शाखाका सचिव तथा प्रवक्ता गोबिन्द पोख्रेलले उद्धधोषकमा हुनुपर्ने आधारभूत गुणहरुको बारेमा औल्याउनु भयो । “नयाँ दिल्लीको ईतिहासमै पहिलो पटक नेपाली गैर राजनितिक संस्थाहरुले एसरी मिलेर आफ्ना कार्यकर्तालाई आधारभूत प्रशिक्षण दिनु स्वागत योग्य कदम हो” उद्धोशकका गुरहरु सिकाउदै प्रशिक्षक पोख्रेलले भन्नुभयो । कार्यक्रममा नेपाली देशभक्त आवाजको तर्फबाट सँस्थापक तथा पत्रकार बाबु रोका र गुल्मी -भुर्तुङ्ग सम्पर्क समिति (भारत)को तर्फबाट महासचिव तथा नेपाल पत्रकार महासंघ -भारत शाखाका सहसचिव देबेन्द्र केसीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा दुबै संस्थाको तर्फबाट सानु मगर , प्रदिप बेल्बासे , अमृता बराल र मोहन पौडेलले आफ्ना भनाईहरु राख्नु भएको थियो । करिब चार घण्टा चलेको उक्त कार्यक्रमको संचालन नेपाली देशभक्त आवाजका अध्यक्ष नबिन घिमिरेले गर्नुभएको थियो । लामो भारत बसाईपछि नेपाल फर्कन लाग्नु भएका नेपाली देशभक्त आवाजका महासचिव प्रदिप बेल्बासेलाई उहाँको सुकार्यको मूल्यांकन गर्दै अतिथिहरु र दुबै सँस्थाका पदाधिकारीहरुले खादा ओढाएर सम्मान गरिएको थियो ।
पत्रकार केसी सम्मानित :
आफ्नो पत्रकारिता पेशा मार्फत प्रबासी नेपालीहरुलाई सु-सुचित गर्ने दिशामा उल्लेखनीय योगदान पुर्याएको भन्दै दक्षिण कोरियामा कार्यरत नव प्रतिभाशाली भुर्तुङ्गेलीहरुले पत्रकार महासंघ भारत शाखाका सहसचिव तथा पत्रकार देबेन्द्र केसीलाई सम्मान गरेका छन । भुर्तुड्ग घर भई हाल दक्षिण कोरियामा कार्यरत पत्रकार तथा गीतकार टिका सुबेदीको नेतृत्वमा नव गायक टिका पौडेल, दयाराम पौडेल ,दिपक गिरी तथा कमेडियन तथा आरजे बिसन केसीको टिमले संयुक्त रुपमा चालिस हजार मुल्य बराबरको ल्यापटपले पत्रकार केसीलाई पुरस्कृत गरेका छन । उक्त ल्यापटप “प्रशिक्षण कार्यक्रम “मा गुल्मी -भुर्तुङ्ग सम्पर्क समिति (भारत) का अध्यक्ष टिका बहादुर कार्की र नेपाली देशभक्त आवाजका सँस्थापक बाबु रोका मगरले संयुक्त रुपमा पत्रकार के.सी.लाई हस्तांतरण गरेका छन ।
ल्यापटप ग्रहणपछि बोल्दै पत्रकार केसीले नौ सागर पारीबाट पठाएको चिनोको सदैव कदर गर्ने बताउनु भयो। “यो ल्यापटप समाउने हातहरु मेरा भएपनि उसको श्रेय मेरा बुबा, आमा मलाई समाजमुखी बनाउने समाजसेवी टिका बहादुर कार्की, मेरी जिवनसँगिनी रजिस्मा र मलाई पत्रकारिताको ककहरा सिकाउने मेरा गुरु लोकेश शाह “आर्यन” लाई दिन्छु” कार्यक्रममा बोल्दै केसीले भन्नुभयो । यो सम्मान थप जिम्मेवारी बोध भएको बताउदै पत्रकारितामा सहयात्रा गरेका पत्रकार साथीहरु गोबिन्द पोख्रेल , बाबु रोका, हिमशिखर, बाबुराम थापा लगायत लाई सम्झिनुभयो । कार्यक्रमको अन्त्यमा सामान्य जलपान र अध्यक्ष टिका बहादुर कार्कीले समापन मनतव्य दिदै कार्यक्रमको बिसर्जन भएको घोषणा गर्नुभएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend