logo
  • शनिबार, साउन ३० २०८३

फेसबुकले जुकरबर्गको अधिकार र प्रभावमा कटौती किन गर्दै छ ?


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

फेसबुक कम्पनीको बोर्डले कम्पनीमा संस्थापक तथा सिइओ मार्क जुकरबर्गको अधिकार र प्रभावमा कटौती गर्ने प्रस्ताव गरेको छ । जुकरबर्गले भविष्यमा कम्पनीको व्यवस्थापनबाट आफू बाहिरिने संकेत गरेकै समयमा फेसबुक बोर्डले जुकरबर्गको कम्पनीमा रहेको अधिकांस भोटिंग अधिकारलाई कटौती गरेर उनको प्रभाव कम गर्ने प्रस्ताव गरेको हो ।

Mark Zuckerberg, chief executive officer of Facebook Inc., speaks during the Facebook F8 Developers Conference in San Francisco, California, U.S., on Wednesday, March 25, 2015. Zuckerberg plans to unveil tools that let application makers reach the social network's audience while helping the company boost revenue. Photographer: David Paul Morris/Bloomberg via Getty Images

अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनमा फेसबुकले पेश गरेको एक कागजातमा यस्तो खुलासा गरिएको छ । उक्त फाइलमा फेसबुक बोर्डले भनेको छ की जुकरबर्ग नेतृत्व तहमा नरहने भएमा आगामी दिनमा फेसबुक बोर्डले जुकरबर्गका बि क्लासका शेयरलाई ए क्लासमा परिवर्तन गर्नका लागि शेयर धनीहरुलाई मतदान गर्न लगाइनेछ । गत अप्रिलमा पहिलो पटक यस्तो प्रस्ताव अघि सारिएको हो । यहीँ जुन २ सम्मको तथ्यांकका आधारमा जुकरबर्गको स्वामित्वमा फेसबुकमा ४० लाख ए क्लासका शेयर तथा ४१ करोड ९० लाख बी क्लासका शेयर छन् ।

यस आधारमा जुकरगर्बसँग कम्पनीको ५३.८ प्रतिशत भोटिंग अधिकारका साथै १४.८ प्रतिशत आर्थिक अधिकार छ । आगामी जुन २० मा हुने फेसबुकको वाषिर्क साधारण सभामा यो प्रस्तावमाथि मतदान गराइने सम्भावना रहेको छ । उक्त मतदालने फेसबुकको भावी नेतृत्व तथा व्यवस्थापनको रुपरेखा तयार गर्नेछ । आयोगमा पेश गरेको फाइलमा फेसबुकले भनेको छ: उक्त नयाँ नियमको उद्धेश्य यो सुनिश्चित गर्नु हो की संस्थापकको बहिर्गमनसँगै अब कम्पनी संस्थापक नियन्त्रिण नबनिरहोस् ।

विद्यमान अवस्थामा जुकरबर्गलाई बी क्लासका शेयर राख्ने अधिकार पनि छ र कम्पनीको नेतृत्व छाडिसकेपछि पनि उनीसँग बहुमत भोटिंग अधिकार सुरक्षित नै रहनेछ । जुकरबर्गमा अर्को महत्वपूर्ण अधिकार के पनि छ भने उनले आफ्नो बी क्लासको शेयरका साथै आफ्नो बहुमत भोटिंग अधिकार समेत आफ्नो वारेसलाई हस्तान्तरण गर्न सक्दछन् । तर फेसबुकले बोर्डले अब जुकरगर्बका यी सबै अधिकार कटौती गर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend